आमा हराएको गीति भिडियो कथा लिएर आए अशोक


ब्युटी न्युज नेपाल
काठमाडौं, २ फागुन

गीतको तथा बृत्तचित्र निर्देशक अशोक थापामगरले यतीबेला दर्शकमाझ गीति भिडियो कथा ल्याएका छन् । यो गीतको भिडियोलाई कथानक रुपमा प्रस्तुत गरिएको छ । जसमा आमा हराएको पीडालाई एक बालिकाको दृष्टीकोणबाट प्रस्तुत गरिएको छ ।

यो गीतलाई गीताञ्जली थापामगरले गाएकी हुन् । शब्द अशोकले नै लेखेका हुन् भने संगीत पनि उनकै हो । जसमा यावुका राईको संगीत संयोजन छ । यो भिडियोमा नेरिसा स्थापित, रबी मैनाली, सारिका ढकाल, सृष्टी थापामगरलगायतको अभिनय छ । दीपक बज्राचार्यको छायाँकन रहेको यो भिडियोका निर्देशन सम्पादन पनि अशोक थापामगरले नै गरेका हुन् ।

भिडियोको कथा अनुसार अनाथ आश्रममा हुर्किरहेकी १० बर्ष कि छोरीले जन्न दिने आमाको खोजी गरेको कथा छ । जन्म दिने आमाले विविध कारण र बिबश्ताले आफ्नो नबजात शिशुलाई फाल्न बाध्य रहेको कथा छ । अनाथ अश्राममा रहेकी छोरीले जब बिस्तारै ठुली हुदै जान्छे जन्म दिने आमाको बारेमा सोच्न थाल्छे । उनलाई भेट्न् मन लाग्छ । जस्तो सुकै भए पनि एक चोटी भेट्न पाए हुन्थ्यो भन्ने चाहाना बढ्न थाल्छ । आश्रममा कर्म दिने आमा भए पनि उनलाई जन्म दिने आमाको अभाब खट्की राखेको हुुन्छ ।

एक दिन अचानक, आफु सानो छदाँ खोलाको किनारमा छोडेर भागेको सपना देख्छे, व्युँझिन्छे । उनलाई अझ बेशी आमाको आवश्यक्ता महशुश गर्छे । आमाको खोजि गर्छे । यसमा छोरीको धारणाबाट, छोरीले कथालाई प्रस्तुत गरेको छ ।

यो हाम्रो समाजमा देखिने हजारौ निर्दोष र अबोध अनाथ बालबालिकाहरुको कथा हो । आमाको अभावमा हुर्किरहेका बालबालिकाहरुको लुकेका पिडाहरु, बनावटी खुशीहरु, आघातित बाल मनोविज्ञान र जिबनमा आमाको महत्वलाई प्रकाश पार्न खोजिएको छ । हजारै शिशु अनाथ हुनुमा एउटी आमा भन्दा हाम्रो समाज दोषी पो हो कि ? अपराधी हो कि ? राज्यको नीतिले एकल पहिलामा कानुन असहज हुनुको पछाडी केही हद सम्म राज्य पनि दोषी हो कि ? भन्ने प्रश्न गर्छ ।