सञ्चारकर्मी उदय शर्माले आफ्नै स्वर र अभिनयमा ल्याए नयाँ गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, १ माघ

सञ्चारकर्मी उदयराज शर्मा गायकको रुपमा प्रस्तुत भएका छन् । उनले आफ्नो स्वरमा नयाँ गीत ‘एकबारको जुनिमा’ भिडियो सार्वजनिक गरेका छन् । सो गीतको भिडियोमा शर्माकै निर्देशन, सम्पादन र अभिनय रहेको छ । उनलाई टेलिचलचित्रहरुमा समेत चर्चा कमाएकी कलाकार अनुमती नेपालीले साथ दिएकी छिन् ।

उदयराज शर्माको स्वरमा रहेको उक्त गितमा अरुण तिवारीको शब्द र दिपक शर्माको संगीत, पुरुषोतम न्यौपानेको म्युजिक एरेन्जर र सागर सुब्बाको रेकर्डिङ रहेको छ । यसैगरी मिडिया पार्टनरको रुपमा नागरिकपाटी डटकम, एनआरएन टिभी शो र रेडियो राजमार्ग ९२।१ मेगाहर्ज रहेको छ ।

बिष्णु ठकुरीको छायांकन तथा रंग संयोजन रहेको उक्त गितको भिडियोको छायाँकनका लागि गोविन्द घिमिरेले ड्रोनमा साथ दिएका छन् । यस्तै मोहन लामाको मेकअप तथा कोरियोग्राफी रहेको भिडियोमा कालिका पौडेल प्रोडुसरको रुपमा रहनुभएको छ ।

धादिङका विभिन्न स्थानमा छायाँकन गरिएको यो गितको भिडियो सार्वजनिक भएपछि दर्शकहरुले पनि राम्रो प्रतिक्रिया दिएका छन् ।