प्रविणको भूलमा आसिरमान, शिल्पा र अजयको त्रिकोण प्रेम


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ मँसिर

गायक प्रविण दियालले आफ्नो नयाँ गीत भूल…सहित श्रोता दर्शकमाझ आएका छन् । यो गीतमो उनको नै शब्द संगीत रहेको छ । गीतमा एरेन्ज भने रिकेस गुरुङ ‘कि’ले गरेका हुन् ।

यो गीतको भिडियोमा आशिरमान देसराज जोशी, शिल्पा मास्के र अजय गुरुङ प्रस्तुत भएका छन् । यी तीन कलाकार बीच त्रिकोणात्मक प्रेम भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोम प्रेम , बिछोड , रोदन , हासो सबै समेटियको छ । छायांकन र इडिटिङ को पक्ष पनि अब्बल बनेको हेर्न सकिन्छ ।

छायांकन ,इडिटिङ साथै कलरको जिम्मा उज्जोल जोशीले निभाएका छन् । भिडियोलाई बिबेक रसाइलीले निर्देशन गरेका हुन् । उनले भिडियो सुन्दर बनाउन कुनै कसर बाँकी राखेका छैनन् । गीतलाई राम्रो बनाउन आफुले पुरा मेहनत गरेकाले गीत र भिडियो मर्मस्पर्शी सँगै उत्कृष्ट बनेको गायक प्रविणको कथन छ ।