गरिमाको प्रेममा लम्फू नायक


ब्यूटी न्यूज नेपाल
काठमाडौं, ३० असोज
काठमाडौ । द भ्वाइस अफ नेपालको पहिलो सिजनका विजेता गायक सिडी विजय अधिकारीको स्वर रहेको रोमान्टिक गीत ‘पुतली’को भिडियो सार्वजनिक भएको छ । अमेरिका निवासी प्रोफेसर डा. कैलाश घिमिरेको शब्द रहेको गीतमा राजेश थापाको संगीत छ । गीतमा बिबी अनुरागीको संगीत संयोजन तथा श्यामश्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा टिकटक गर्ल गरिमा शर्मा र फिल्म ‘लम्फू’ डेब्यू नायक कवीर खड्कासँगै बाल कलाकार आर्शिना भट्टराई फिचर्ड छन् । भिडियोमा गाउँघरमा आउँदै गरेको दशैंको माहोललाई उतारिएको छ ।

भिडियोमा उत्सव दाहालको छायांकन, नविन निरौलाको सम्पादन तथा दिपेन गौतमको निर्माण व्यवस्थापनमा छ । जया शर्माको कन्सेप्ट रहेको भिडियोमा सुबोल थापाको कोरियोग्राफी र सुव्रतराज आचार्यको निर्देशन छ ।