ब्यूटी न्यूज नेपाल
काठमाडौं, ३० असोज
काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब सक्रिय सक्रमितको संख्या ३७ हजार ३ सय ८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षणका क्रममा यो संख्यामा नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभर कुल संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको जानकारी दिए । मुलुकभर विभिन्न क्वारेन्टिनमा चार हजार ८ सय ८ जना रहेका छन् ।