ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ वैशाख
चलचित्र पत्रकार संघ नेपालको १०औँ केन्द्रीय महाधिवेशनबाट यस अघिका अध्यक्ष समीर बलामी पुन अध्यक्ष पदमा निर्वाचित भएका छन् । शनिबार काठमाडौँमा सम्पन्न महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्ष (संगठन)मा रघुनाथ सापकोटा निर्वाचित भएका छन् । यस्तै उपाध्यक्ष (कार्यक्रम) तर्फ कुमार आचार्य निर्विरोध चयन भएका छन् । संघका महिला उपाध्यक्षमा दिपज्योति थापा निर्वाचित भएकी छिन भने महासचिवमा गोपीकृष्ण चापागाईँ विजयी भएका छन् ।
यसै गरी चलचित्र पत्रकार संघ नेपालको सचिव मदन रिजाल, समावेशी सचिवमा मोहम्मद जालिम, कोषाध्यक्षमा मनिष अन्जान र सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं निर्वाचित भएका छन् । यस्तै संघको केन्द्रिय कार्यसमिति सदस्यहरू ८ जना निर्विरोध चयन भएका छन् । यसरी निर्विरोध चयन हुने कार्यसमिति सदस्यहरूमा सोजना विक लोहार, सुशील नेपाल, दिनेश थापा, नवीन चापागाईँ, रतन बहादुर चन्द, युवर्ण पौडेल, दिपराज क्षेत्री र सालिकराम न्यौपाने रहेका छन् ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले उद्घाटन गरेको दशौँ महाधिवेशनमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य वैकुण्ठ पराजुली, नेपाल पत्रकार महासंघ एशोसियट प्रदेशका अध्यक्ष रोयल आचार्य, संघका पूर्व अध्यक्ष सन्दीप सापकोटालगायतले चलचित्र पत्रकारहरूलाई शुभकामना व्यक्त गरेका थिए ।

