आज ४३६४ जनामा कोरोना, काठमाडौं उपत्यकामा २५४० सँक्रमित


ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ असोज

आज बिहिबार नेपालमा ४ हजार ३६४ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । अहिलेसम्मकै नेपालमा एकै दिन यतीधेरैलाई कोरोना सँक्रमण देखिएको यो पहिलो घटना हो ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा १८ हजार ४७३ जनामा गरिएको पिसिआर परीक्षण गर्दा ४ हजार ३६४ जनामा कोरोना सँक्रमण पुष्टि भएको हो । योसँगै कूल सङ्क्रमितको सङ्ख्या ९८ हजार ६७१ पुगेको पनिा डा. गौतमले बताए ।

यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार ५४० सङक्रमित थपिएका छन् । सोसँख्या पनि काठमाडौंउपत्यकाको हालसम्मकै उच्च भएको डा. गौतमले बताए । जसमध्ये काठमाडौँमा २ हजार ८५ जना, ललितपुरमा ३२० जना र भक्तपुरमा १३५ जनामा सँक्रमण पुष्टी भएको हो ।

हाल देशभर २६ हजार ६८४ जना विभिन्न आईसोलेसन सेन्टरमा उपचाररत छन् । यतीबेला देशका विभिन्न क्वारेन्टाईनमा ४ हजार ४६० जना रहेको पनि डा. गौतमले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना कोरोना सँक्रमणबाट मुक्त भई घर फर्किएका छन् । यो सँगै हालसम्म ७१ हजार ३४३ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता गौतमले बताए ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट ४ जना महिला र ८ जना पुरुष सहित १२ जनाको मृत्यु भएको छ । मृतक महिलामा काठमाडौंका १ जना, ललितपुरका १ जना, भक्तपुरका १ जना र सुर्खेतका १ जना रहेका छन् । यस्तै मृतक पुरुषहरुमा काठमाडौंका २ जना, सुनसरीका १ जना, धनुषाका १ जना, चीतवनका ३ जना र कास्कीका १ जना रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट हालसम्म मृत्यु हुनेको सँख्या ५९० जना पुगेको छ ।