प्रोत्साहनाज ब्युटीपार्लर एन्ड ट्रेनिङ सेन्टरबाट प्रशिक्षितलाई प्रमाणपत्र


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ असोज

प्रोत्साहनाज ब्युटीपार्लर एन्ड ट्रेनिङ सेन्टर ललितपुरबाट ३ महिनाको ब्युटिसियन फस्ट लेभलको वेसिक कोर्ष सम्पन्न गर्ने विद्यार्थीहरुलाई प्रशिक्षण उतिर्णको प्रमाणपत्र प्रदान गरिएको छ । ललितपुर महानगरपालिका वडा नं. १३ की वडा सदस्य रामकुमारी लिम्बुको प्रमुख आतिथ्य तथा विभिन्न अग्रज व्युटिसियनहरुको आतिथ्यमा सो प्रमाणपत्र प्रदान गरिएको हो ।

प्रोत्साहनाज ब्युटीपार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष रेणु शाक्य रानामगरको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बरिष्ट ब्युटिसियन तथा रोज व्युटीपार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सोनी कारंजित, बरिष्ट ब्युटिसियन रुस्का बैद्य श्रेष्ठ, लक्ष्मी महत, व्युटिसियनहरु रचना शाक्य, रिना अवाले, कमला लामिछाने, कलर इसेन्स नेचर इसेन्सका कन्ट्री डिरेक्टर रमेश उप्रेती, गायिक ऋतु कँडेललगायत अतिथि थिए ।

आफ्नो वडाको सहयोगमा तीन महिनाको प्रशिक्षण सम्पन्न गरिएको जानकारी गराउँदै ललितपुर महानगरपालिका वडा नं. १३ की वडा सदस्य रामकुमारी लिम्बुले यस्ता प्रशिक्षणले नारीहरुलाई प्रोत्साहन मिल्ने बताईन् । प्रशिक्षण लिएकाहरुलाई आफुहरुले सहुलियतमा ऋण पनि दिने उनले बताईन् ।

यसपटक डेढ दर्जन महिलाहरुलाई बेसिक कोर्ष प्रशिक्षण दिईएको हो । उनीहरुलाई लिम्बुले प्रमाणपत्र प्रदान गरिन् ।

यस्तै बरिष्ट ब्युटिसियन सोनी कारंजितले रेणु निकै कुशल व्युटिसियन भएको र यस्तो वेलामा पनि सामाजिक दुरी कायम गराउँदै सुरक्षित रुपमा प्रशिक्षण सम्पन्न गराएको बताईन् । प्रशिक्षण लिएका महिलाहरुलाई उनले सफलताको शुभकामना पनि दिईन् । उनले रेणुलाई टिक टक क्वीवनको प्रमाणपत्र र उपहार पनि कार्यक्रममा प्रदान गरिन् ।

प्रोत्साहनाजकी अध्यक्ष रेणु शाक्या रानामगरले आफुहरुले आफ्नो पार्लरका तर्फबाट यस्तो प्रकारको प्रशिक्षण नियमित दिएर महिलाहरुलाई आत्मनिर्भर बनाउँदै आएको बताईन् ।

यस्तै अग्रज ब्युटिसियन लक्ष्मी महत, रुस्का बैद्य श्रेष्ठ, ब्युटिसियन रिना अवाले, कमला लामिछाने, गायिका ऋतु कँडेल लगायतले पनि कार्यक्रममा शुभकामना व्यक्त गरे ।