आज नेपालमा २१२०मा कोरोना, काठमाडौं उपत्यकामा ११७७ सँक्रमित


ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ असोज

आज शनिबार नेपालमा २ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा १२ हजार ९७८ जनामा गरिएको पिसिआर परीक्षणमा २ हजार १२० जनामा कोरोना सँक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोनाका कूल सँक्रमितको सँख्या ८४ हजार ५७० पुगेको पनि डा. गौतमले बताए ।

यस्तै पछिल्लो २४ घन्टामा उपत्यकामा ११७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको छ ।

आज देशभर २१ हजार ३०२ जना सक्रिय सँक्रमित रहेका छन् । त्यसैगरी देशका विभिन्न क्वारेन्टिनमा ४ हजार २७३ जना रहेका छन् ।
डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यो सँगै कोरोना जित्नेको सँख्या ६२ हजार ७४० जना पुगको पनि डा. गौतमले बताए ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट निधन हुनेको सङ्ख्या ८ जना पुगेको छ । योसँगै सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ५२८ जना पुगेको पनि डा. गौतमले बताए ।