आज १३५६ जनामा कोरोना, ८२३ जना डिस्चार्ज


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ असोज

नेपालमा आज मँगलबार १३५६ जनामा कोरोना सक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार भेटघाटमा सो जानकारी गराए ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न ल्याबमा गरिएको ११ हजार १५४ जनाको स्वाब परिक्षण गर्दा १ हजार ३५६ जनामा कोरोना सँक्रमण पुष्टि भएको डा. गौतमले बताए । योसँगै नेपालमा कोरोना सँक्रमितको कुल सँख्या ६६ हजार ६३२ जना पुगेको पनि डा. गौतमले बताए । ठमाडौं उपत्यकामा ६४७ जनामा कोरोना सँक्रमण देखिएको छ । जसमा काठमाडौंमा ५११ जना, ललितपुरमा ७३ जना र भक्तपुरमा ६३ जनामा कोरोना सँक्रमण पुष्टी भएको हो ।
मृतकहरुमा काठमाडौंका १ पुरुष र काभ्रेकी १ महिला रहेका छन् ।

डा. गौतमका अनुसार यतीबेला ७ हजार ११७ जना क्वारेन्टिनमा रहेका छन् । मुलुकभर १८ हजार १४२ जना विभिन्न आईसोलेसन सेन्टरमा छन् ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ८२३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या ४८ हजार ६१ जना पुगेको पनि डा. गौतमले बताए ।

पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोनाबाट मृत्यु भएको पनि उनले बताए । मृतकहरुमा काठमाडौंका १ पुरुष र काभ्रेकी १ महिला रहेका छन् । यो सँगै कोरोनाबाट नेपालमा हालसम्म मृत्यु हुनेका संख्या ४२९ जना पुगेको छ ।