नेपालमा आज ११६ जनामा कोरोना, कुल सँक्रमित १७१७७ पुगे, एक जनाको आज मृत्यु


ब्युटी न्युज नेपाल

काठमाडौं, ३१ असार 

आज नेपालमा ११६ जना कोरोना सँक्रमित भएका छन् । नेपालमा पछिल्लो २४ घन्टामा ११६ जनामा कोरोना सँक्रमण देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सँक्रमितको हालसम्मको सँख्या १७ हजार १७७ पुगेको सो मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा ६९७ जना डिस्चार्ज भएको पनि डा. गौतमले बताए । योसँगै हालसम्म कोरोना सँक्रमणलाई जितेर घर फर्कनेको सँख्या ११ हजार २५ हालसम्म डिस्चार्ज भएका छन् ।

यस्तै ६ हजार ११३ जना आईसोलेसनमा रहेको पनि डा. गौतमले बताएका छन् । यस्तै यतिबेला देशभरका क्वारेन्टाईनमा २४ हजार ५२७ रहेका छन् ।

यस्तै कोरोना सँक्रमणबाट रौतहटमा थप एक जनाको आज मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३९ पुगेको पनि डा. गौतमले बताए ।

रौतहट करुहाका ३६ वर्षका एक पुरुषको आज निधन भएको छ । दाईको अन्त्यस्टीका लागि बैंगलोर पुगेर हालै आएका ती व्यक्तिलाई नेपाल आएपछि कोरोनाको लक्षण देखिएको थियो । परिक्षण गर्दा उनमा कोरोना सँक्रमण देखिएको हो । नेपाल आएपछि नारायण अस्पतालमा उपचाररत रहेका ती व्यक्तीको आज दिउँसो निधन भएको हो ।