बाहिरी कुरा सन्नु नसकेपछि मनको कुरा सुन्ने पूजाको ठहर 


गसिप

ब्युटी न्युज नेपाल

काठमाडौं, २९ असार

नेपालीमा एउटा उखान छ । ‘नाच्न नजान्ने आँगान टेडो ।’ अभिनेत्री पुजा शर्मालाई अहिले यस्तौ भएको छ । त्यसैले उनले अब आफ्नो मनको मात्र कुरा सुन्ने, अरुको कुरा नसुन्ने बताएकी छिन् ।  पत्रकार प्रकाश सुवेदीसँगको अन्तरवार्तामा नेपालमा जिल्लाको सँख्या १४ वटा बताउँदै प्रदेशको सँख्या भन्न नसकेपछि उनी विवादमा परेकी हुन् । बर्तमान मन्त्रीहरु बामदेव गौतमदेखि निकिता पौडेलसम्म हुन भन्दै उनीहरुको नाम लिएपछि उनको विवाद चुलियो ।

यो विवादसँगै दुई साता यताबाट सुन्नै नसक्ने गली पूजाको आलोचना भएको छ । उनलाई बचाउन अशोक शर्मादेखि धेरैले सामाजिक सञ्जालमा लेखे,‘कलाकारले जिल्लाको सँख्या जान्न ठेक्का लिएका छन् र ?’ मुठ्ठीभर सिनेकर्मीले यसरी स्टाटस लेखेर पूजालाई जोगाउन खोज्दा दर्शक झन आगो भए । अनि पूजा झन बिबादमा तानिईन् । त्यसैले त दर्शकले भने,‘नेपालमा बसेर नेपालकै प्रदेश जिल्जा सँख्या भन्न नसक्ने ? त्यसो भने तपाईहरुले फिल्म खेल्न मात्र ठेक्का लिएको हो त ?’

 तर पनि अभिनेत्री पूजालाई गाली गर्ने क्रम रोकिएन । उनले यस्ता गाली सुन्न नसक्ने अबस्था समेत आयो । पूजा र दीपाश्री अहिले निरन्तर गालीको शिकार भएका छन् ।  त्यसैले त पुजाले आफ्नो इन्टाग्राममा यतीबेला यस्तो लेखेकी छिन्,‘‘यहाँ भगवानलाई पनि गाली गर्छ मान्छे । यहाँ आफूलाई मात्र सही ठान्छ मान्छे । म दुनियाँको कुरा सुन्दिनँ, आफ्नै मनको कुरा सुन्छु । जीवन सडकमा होस् वा शिखरमा, आफ्नै सोचमा हिँड्छु ।’

अभिनेत्री पूजाले अब के गनै गर्न सक्छिन् र आफ्नो मनको कुरा सुन्नु बाहेक । बाहिरी कुरा सुनौ भने एकोहोरो गालीको वर्षा मात्रै छ । उनको भनाई एकदमै सही छ । यस्तो बेला पूजादेखि दीपाश्रीसम्मले मनको कुरा सुन्न हो । अनि केही हप्ता मौन धारणा गर्ने हो । जय होस यहाँहरुको ।