नेपालमा एकै दिन २३९ लाई कोरोना, सँक्रमित १८११ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ जेठ

नेपालमा एकै दिन २३९ जनामा कोरोना सँक्रमण देखिएको छ । सोमबार दिउँसो नेपालमा सय २६ संक्रमित थपिएका थपिएका थिए भने साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना सँक्रमितको साँख्या एकै दिनमा २३९ पुगेको हो । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

संक्रमितमध्ये पाल्पाका २, नवलपरासीका १, गुल्मीका १, कपिलवस्तुका ७ र रुपन्देहीका २ जनामा कारोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ ।