आज दिउँसो सँक्रमित ६ थपिँदा ६८२ पुगे, आछाममा पनि कोरोना सँक्रमित


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ जेठ

नेपालमा कोरोना सँक्रमितको सँख्या ६८२ पुगेको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार आज दिउँसो बर्दिया, पर्सा, बारा र अक्षाममा ६ जना थप कोरोना सँक्रमित भेटिएका छन् । पहाडी जिल्लाहरु मध्य अछाममा कोरोना संक्रमित पहिलो पटक भेटिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाका अनुसार अनुसार अछामको जिल्ला अस्पतालमा भर्ना भएका आछाम मेल्लेख गाउँपालिकका ३२ वर्षका पुरुषमा कोरोना सँक्रमण देखिएको छ ।

त्यस्तै बर्दियामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियाको गुलरिया नगरपालकिाका २२, २४ र १८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको पनि डा. देबकोटाले बताएका छन् ।

यस्तै पर्साका १ जनामा र बाराका १ जनामा कोरोना सँक्रमण देखिएको छ । पर्साको जराभवानीका १८ वर्ष पुरुषमा कोरोना सँक्रमण देखिएको हो । यस्तै काठमाडौं घर भई कलैया बारामा कार्यरत २८ वर्षका १ पुरुषमा पनि संक्रमण देखिएको छ । उनहिरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि डा. देबकोटाले बताए ।