चलचित्र ‘द्रौपदी’ को शे फोक्सुन्डोमा इन्डक्ल्याप


ब्युटी न्युज नेपाल
काठमाडौं १४ बैशाख

चलचित्र ‘द्रौपदी’ फिल्मको ४४ दिनमा छायाँकन सकिएको छ । यो चलचित्रको शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरियो । यो चलचित्रलाई निर्देशक ऋषिराज आचार्यले निर्देशन गरेका हुन् । द्रौपदीको फागुनको अन्तिममा डोल्पाको दुनइ,कालिका मन्दिरमा शुभमुर्हत गरि सुटिङ थालिएको थियो । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण गरिएको फिल्ममा अडिसनबाट छनौट गरिएका नवकलाकारहरु प्रमुख भूमिकामा छन् ।

करिच चार बर्ष लगाएर स्क्रिप्ट लेखिएको बताइने ‘द्रौपदी’ मा आश्विनी शाही,गायक रबि ओड,कबिराज भाम,जेल्सन अधिकारी,सुजाता तिमल्सिना,बिष्णु (सुवास) ठडराई , प्रकाश ज्ञवाली , सीता बौडेल, सुरज अधिकारीलगायतको अभिनय छ । मोहनकुमार झिल्लुको छायांकन, रबि ओडको संगीत,  बिजय आचार्यको कला निर्देशन रहेको फिल्मको निर्मातामा निर्देशक आचार्य स्वयम्, बिष्णु (सुवास) ठडराई र प्रकाश ज्ञवाली छन् । खेमराज भण्डारी र ऋतु आचार्य सहनिर्माता रहेको फिल्मको सम्पादन अनिल महर्जनले गर्नेछन् ।

नारी प्रदान बिषयमा निकै मिहीनेतका साथ फिल्म निर्माण गरिएको निर्देशक आचार्य बताउँछन् । यसअघि मिस्टेक’,‘सपना तिम्रो मेरो’,‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’,‘ड्रिम गर्ल’ र ‘चुरीफुरी’ निर्माण गरिसकेका आचार्य हाल केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) को सदस्य छन् । आरबि मुभीजको ब्यानरमा निर्माण भएको फिल्मको स्क्रिप्ट उनी स्वयम्ले लेखेका हुन् । मौलिक बिषयबस्तुको फिल्ममा सबै कलाकार फ्रेस तथा फिल्मसम्बन्धी औपचारिक शिक्षा हासिल गरेको अब्बल टिम रहेकाले ‘द्रौपदी’ बिशेष बनेकोमा आफू बिश्वस्त भएको उनी बताउछन् ।