वेविसा र विपासना लिटिल स्टार अफ दि इयर


काठमाडौं । बालबालिकासँग सम्बन्धित सौन्दर्य प्रतियोगिता ‘लिटिल स्टार अफ दि इयर २०१८’को उपाधि वेविसा भण्डारी र विपासना थापाले चुमेकी छन् । काष्ठमण्डप स्कुलकी वेविसाले (ग्रुप–ए) र एनआइसी एकेडेमीमा अध्ययनरत विपासना (ग्रुप–बि) को विजेता बनेका हुन् । दुवै विजेताले १० हजार रुपैंयाँ, ब्लुक्रस अस्पतालको तर्फबाट १ बर्ष निःशुल्क स्वास्थ्य चेकअपसँगै विभिन्न गिफ्ट ह्याम्परसमेत पाए ।

७० बालबालिकाले अन्तिम स्पर्धा गरेको प्रतियोगितामा आयोजकले ५ देखि ९ वर्षसम्मका बालबालिकालाई ग्रुफ (ए) र १० वर्ष देखि १२ वर्षसम्मको बालबालिकालाई ग्रुप (बि) गरेर विभाजन गरेको थियो ।

आइतबार अबेरसाँझ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा ग्रुप (ए) तर्फ विश्वास शर्मा ‘फष्टरनर अप’, असियाना श्रेष्ठ ‘सेकेण्ड रनरअप’, आलिया पन्त ‘थर्ड रनरअप’ र दिया भट्ट ‘फोर्थ रनरअप’ चुनिँदा चुनिदा ग्रुप (बि) तर्फ क्रमशः सानमी वस्ती, दिव्यम्यास खड्का, दृष्टा सिंह, समिरा श्रेष्ठ, रिजिस्मा बोगटी फष्ट, सेकेण्ड, थर्ड, फोर्थ र फिफ्थ रनरप घोषित भए ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भविष्य निर्माणतिर अग्रसर गराउने उद्देश्यले प्रतियोगिता गतवर्षबाट आयोजना गरिएको एनोभेसन इभेन्ट मेनेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीले बताए । प्रतियोगितामा अभिनेता धिरन शाक्य, जोत्सना योगी, नरेन खड्का, हिमानी सुब्बा खड्का, अक्षयजंग रायमाझी, असिम शाह, एसआर गहतराज, गीता पुरीलगायत अन्तिम स्पर्धामा निर्णायक रहेका थिए । कार्यक्रमको संयोजक जीवन गिरी हुन् ।