भोलाको रुमाल फाटी गो…


ब्युटी न्युज नेपाल
काठमाडौ, १४ फागुन

पत्रकार भोला अधिकारीले पुर्वेली गीत बजारमा ल्याएका छन् । उनले रुमाल फाटी गो…गीतको भिडियो बजारमा लिएर आएका छन् । यस गीतमा शब्द तथा संकलन भोला अधिकारीले नै गरेका छन् ।

हालै पुर्वका गाउठाउँलाई समेटेरर तयार पारिएको गीतलाई लोकप्रिय गायक बुद्ध खत्री र गायिका रोशनी राना मगरको आवाज भरेका छन् ।

गीतलाई पुर्वका रमणिय ठाउमा पनि सुटिङ गरिएको छ । हालै सार्वजनिक भएको गीतले सानैमा छोडेको मायालुलाई रुमाल मार्फत सम्झिने प्रयास गरिएको छ ।

गीतको भिडियोमा भोला अधिकारी, विनिता राई, बद्रि पौडेल, सर्वज्ञान कोइराला, गुञ्जन माझी, वि एन नेपालको अभिनय तथा नृत्य रहेको छ । गीतमा संगीत संयोजन केवी भण्डारीको छ ।