के घर के डेरामा दयाहाङ र बिपिन


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ माघ

निर्देशक सुब्रतराज आचार्यको निर्देशनमा नयाँ चलचित्र ‘के घर के डेरा’ निर्माण हुने भएको छ । चलचित्र जात्रा, जात्रै जात्राका निर्माता सिँगे लामाले यो चलचित्र निर्माण गर्दैछन् ।

चलचित्रमा नायक दयाहाङ राई, विपिन कार्की र कलाकार रविन्द्र झाको मुख्य भूमिका रहने छ । जात्रै जात्रापछि विपिन र दयाहाङ यो चलचित्रमा सँगै प्रस्तुत हुन लागेको हुन् । यो चलचित्रमा नायिका लगायत अन्य कलाकारको चयनक्रम जारी छ ।

३५ बर्ष अगाडि निर्माण भएको चलचित्र के घर के डेराबाट यो चलचित्रको नाम जुराईएको निर्देशक आचार्यले बताएका छन् । यो चलचित्र सामाजिक बिषयमा बन्न लागेको पनि आचार्यले बताए । चलचित्रको छायांकन चैत्रबाट सुरु हुनेछ ।

दिर्घ गुरुङको छायांकन रहने यो चलचित्रमा शंकर थापाको संगीत रहने छ । शरद श्रेष्ठ र किरण महर्जन चलचित्रका निर्माता हुन् । चलचित्रको छायांकन काठमाण्डौमै गर्ने तयारीमा यसको निर्माणपक्ष छ ।