दि कर्माको साना साना…मा जयराज र संगीताको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, १० माघ

नेपाली चलचित्र ‘दि कर्मा’को गीत साना साना सपना… को भिडियो रिलीज भएको छ । यो चलचित्र अर्को साता १७ माघमा रिलीज हुने भएको छ । यो गीतको रचनाकार मानस बिक्रम थापा हुन् । गीतमा केतन क्षत्रीको स्वर रहेको छ भने मानस बिक्रम थापा र अंकित बाबु अधिकारीको संगीत रहेको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार जय राज राय र संगीता नापितले अभिनय गरेका छन् । भिडियोमा यी दुईको प्रेमभाव देखाईएको छ । यस गीतको भिडियोको कोरियोग्राफर रामजी लामिछाने हुन् । चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।

चलचित्रमा जय र संगीतासँगै परमिता आर. एल. राणा, करण वर्मा, नीता ढुंगाना, बुद्दी तामांग, अनुप सक्सेना लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको दि कर्माको कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् ।

चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । दि कर्मा’ नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको निर्माता जय राज रायले बताए । अर्का निर्माता श्रीदेवका अनुसार यो चलचित्र नेपाल रिलीजसँगै अन्य मुलुकहरुमा पनि रिलीज हुनेछ ।