शिखाले ल्यायो यादब खरेलका दुई बालकृति


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ पुष

चलचित्र निर्देशक र गीतकारका रुपमा चर्चित बरिष्ट सिनेकर्मी यादब खरेल कुशल साहित्यकार पनि हुन । उनी बाल साहित्यमा पनि त्यत्तिकै कलम चलाउँछन् ।

यसै क्रममा श्रष्टा यादव खरेलद्वारा लिखित दुई बालकथाकृति पाठकमाझ आएका छन् । यी दुई कृतिमा रहेका कथा निकै रोचक छन् । उनको दुई बाल कथा पुस्तक ‘हमु’ र ‘सरी भन त’ लाई शिखा बुक्स पब्लिकेशनले बजारमा ल्याएको हो ।

यी दुबै रँगिन बाल पुस्तक १६/१६ पृष्ठका छन् । प्रति बालकथा पुस्तकको मूल्य १०० रुपैयाँ राखिएको छ । यस पटकको मिन पचारको बिदामा बालबालिकाहरुलाई पढ्न नयाँ पुस्तकको रुपमा हमु र सरी भन तलाई बजारमा ल्याएको शिखा बुक्सले जनाएको छ ।