ब्युटी न्युज नेपाल
काठमाडौं, १५ मँसिर

नयाँ वर्षको अबसर पारेर आगामी २८ चैतमा रिलिज गर्ने भनिएको प्रेम गीत ३ का अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ । हाल छायाँकनमा रहेको चलचित्र ‘प्रेमगीत ३’को फस्ट लुक्सको रुपमा दोश्रो क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको हो ।

चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो फेसबुक मार्फत फस्ट लुक्सको रुपमा क्यारेक्टर पोष्टर सार्वजनिक गरेका हुन् । सार्वजनिक पोष्टरमा शिव श्रेष्ठ राजाको रुपमा प्रस्तुत भएका छन् । यो चलचित्रको मुख्य अभिनेता प्रदीप खड्का राजकुमारको रुपमा छन् । शिवलाई पोष्टरमा पनि राजाको रुपमा देख्न सकिन्छ ।

फिल्मको यो दोश्रो फस्ट लुक्स हो । यस अघि चलचित्रका मुख्य अभिनेता प्रदीप खड्काको क्यारेक्टर तस्बिर फस्ट लुक्सको रुपमा प्रस्तुत गरिएको थियो । त्यसपछि शिब श्रेष्ठको क्यारेक्टर पोष्टर ल्याईएको हो ।
यो चलचित्रमा प्रदीप खड्कासँगै क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्र प्रेम गीत र प्रेम गीत २ को सफलता पछि प्रेम गीत ३ निर्माण गरिएको हो । यो चलचित्रको काठमाडौंको किर्तिपुर स्थित इनडोर स्टुडियोमा गरिएको छ । यसका निर्माता निर्देशक, अभिनेता सन्तोष सेनका अनुसार चलचित्रको ५५ प्रतिसत छायाँकन सम्पन्न भईसकेको छ भने बाँकी केही छायाँकनको लागि चलचित्र युनिट मनाङ तर्फ लागेको छ ।

चलचित्रमा चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको चलचित्रमा कुमार शान सेन सहनिर्मातामा छन् । दुईसय वर्ष पुरानो प्रेमकथामा बन्ने यो चलचित्र छेतेन गुरुङ र सन्तोष सेनले सँयुक्त निर्देशन गरेका छन् ।