तस्बिरमा चलचित्र कलाकारहरुको दशैं टीका


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ असोज

यो वर्षको दशैंको मुख्य दिन आज बिजया दशमी । बिजया दशमीको अबसरमा यतीबेला घर घरमा सबै नेपालीहरुले आफन्तजनसँग टीका र जमरा लगाउन ब्यस्त छन् । यही क्रममा नेपाली चलचित्र क्षेत्रका विभिन्न कलाकारहरुले यसपालीको टीका आफन्तजन तथा परिवारसँग लगाएर दशैं मनाएका छन् । केही कलाकारहरुको दशैंको टीका तस्बिर यहाँ प्रस्तुत गरिएको छ ।

टीका ग्रहणपछि परिवारसँग अभिनेत्री केकी अधिकारी सामुहिक फोटोमा ।

 

परिवारसँग अभिनेता निर्माता दीपकराज गिरीको टिकाटालेपछिको सेल्फी

 

बिराटनगर स्थित आफ्नो घरमा मान्यजनहरसँग टीकालागाउँदै अभिनेत्री निर्देशक दीपाश्री निरौला

 

श्रीमान कलाकार एवम् निर्माता बिनोद मानन्धर, छोरी कविता मानन्धरलगायतसँग दशैंको टीकापछि सामुहित तस्बिर पोजमा अभिनेत्री करिश्मा मानन्धर ।

 

हजुरबुबा र हजुरआमाको हातबाट दशैंको टीका ग्रहण गरेपछि सँगै तस्बिर खिचाउँदै अभिनेता अनमोल केसी

 

आमाको हातबाट टीका ग्रहण गर्दै हास्यब्यँग्य अभिनेता जितु नेपाल, पत्नीका साथ ।

 

विवाहपछि आफ्ना पति एवम् अभिनेता सँजोग कोईरालासँग, ससुरा एवम् चलचित्र निर्माता शेखर कोईराला र सासुका हातबाट दशैंको टीका ग्रहण गरेपछिसँगै तस्बिर खिचाउँदै अभिनेत्री वर्षा राउत

 

अभिनेत्री रेखा थापा दिदीको हातबाट टिका थाप्दै ।

 

अभिनेत्री ऋचा शर्मा दशैंको टीका लगाएपछि परिवारसँगै तस्बिरमा ।

 

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, आमाको हातबाट दशैंको टीका ग्रहण गरेपछिसँगै तस्बिरमा ।

 

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, आमाको हातबाट दशैंको टीका ग्रहण गरेपछिसँगै तस्बिरमा ।

 

हास्य अभिनेता सिताराम कट्टेल (धुमुर्स), अभिनेत्री कुञ्जना घिमिरे (सुन्तली), हास्य अभिनेता कुमार कट्टेल, टीकामा परिवारका साथ ।

तस्बिर : सम्बन्धित कलाकारको फेसबुकबाट