दशैं गीतमा रिमा र दिक्पालको छमछमी


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असोज

दशैंको मुखमा ‘आयो दशैं…’ बोलको गीतको भिडियो सार्वजनकि भएको छ । भक्तपुरको सल्लाघारीमा छायांकन गरिएको भिडियोमा रिमा विश्वकर्मा र दिक्पाल कार्की फिचर्ड छन् ।

गायक लोक पौडेल र गायिका टिका प्रसाईंको स्वरमा रहेको गीतमा हरि उप्रेतीको शब्द तथा विकास चौधरीको संगीत छ ।

डान्सिङ नम्बरको गीतको भिडियो निकै आकर्षक लाग्छ । नेपाली मौलिक भेषभुषामा सजिएका रिमा र दिक्पाल पनि निकै राम्रा देखिएका छन् । उषा मलाहाले निर्देशन गरेको भिडियोमा कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन र निशान घिमिरेको सम्पादन छ । निर्देशक मलाहाका अनुसार गीतको भिडियोलाई फिल्मी शैलीमा तयार पारिएको छ ।

गायक लोकले दशैंको मौकामा धेरै गीत बजारमा आइरहेकाले अलिक फरक किसिमको गीत दिनका लागि ‘आयो दशैं’ तयार पारिएको बताए ।

अमेरिकामा बस्दै आएका गायक पौडेल झन्डै एक दशकदेखि नेपाली संगीतमा सक्रिय छन् । उनले फिल्म ‘निलका“डा’, ‘पूर्णिमा’ र ‘रिजन अफ रिया’ मा पाश्र्व गायन गरिसकेका छन् । उनले हालसम्म दुई एल्बम बजारमा ल्याइसकेका छन् भने दर्जन बढी कलेक्सन एल्बममा आफ्नो स्वर दिइसकेका छन् ।