६ दर्जन हलमा चलचित्र न यता न उता


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, १७ साउन

नयाँ चलचित्र न यता न उतामा शुक्रबारबाट मुलुकका ६ दर्जन भन्दा बढी सिनेमा हलमा एकसाथ रिलिज भएको छ ।
यो चलचित्रलाई मिराज रोस र विसारत बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा उच्च शिक्षा हासिल गरेपछि यी दुवैले चलचित्र निर्देशनमा हात हालेका हुन् ।

यो चलचित्रमा आफुहरुले अधबैंसे पुरुषको समयमा विवाह नहुँदा र उमेर ढल्केपछि राम्री केटी खोज्दा गर्नुपरेको संघर्षलाई कथानक रुपमा उतारको निर्देशक मिराजले बताए ।

यो फिल्ममा मिराज आफैं पनि मुख्य भूमिकामा छन् । जसमा मिराज र समीर दिक्षित पनि अधबैंसे अभिनेताको भूमिकामा छन् । अधबैंसे नायकलाई चलचित्रमा राख्नुपर्नेमा चित्त बुझ्दो कलाकार नपाएपछि आफू र समीले यो फिल्ममा ४५ वर्ष नाघेर पनि विवाह नभएको पुरुषको भूमिका निर्वाह गरेको मिराजले बताए । अभिनेता दयाहाङ राई र सौगात मल्ललाई राख्ने भनिए पनि उनीहरुले समय नदिएको पनि यी निर्देशकले बताए ।

चलचित्र न यता न उतामा समीर दिक्षित ऋचा शर्मा, मिराज रोश, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रवीन्द्र झा, नम्रता सापकोटा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणि नेपाल, लुनिभा तुलाधर, आना देउजा, भीमा मैनाली, राजन खतिवडा, जयनन्द लामासहितको अभिनय छ ।

चलचित्रको रिलिजअघि बिहीबार साँझ ललितपुरस्थित लबिम मलमा प्रिमियर गरियो । प्रिमियरमा चलचित्रकर्मी तथा सञ्चारकर्मीले यो चलचित्र हेरे । सिनेमा हेरुन्जेल रमाइलो भएको उनीहरूको कथन थियो ।

न यता न उतालाई अमित अर्याल, बेनकण्ठ मकाजु, विजय अवाले, विनिता अधिकारी, डा. राजन शर्मा, ओम गुरुङ, रिना लामालगायतले निर्माण गरेका हुन् ।

यो चलचित्रमा राजन इसान र मिलन जतनको छ । रामप्रसाद चौधरीको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी यसमा छ ।