मञ्जुको तिज कोसेली नाच्छु घुमेर


ब्युट न्युज नेपाल
काठमाडौँ, ११ साउन

तिज भनेकै नाच्ने गाउने, दर खाने र ब्रतबस्ने पर्व हो । यसै क्रममा गायिका मञ्जु पौडेलले यो वर्षको तिजमा सबैलाई आफुसँगै नाच्न आह्वान गरेकी छिन् । उनले तिज लागेको बताउँदै नयाँ गीतबाट नाच्न आह्वान गरेकी हुन् ।

मञ्जुले यस पटक ‘काम भन्दै गयो मेरो आधि उमेर घन्काइदेऊ मादलु नाच्छु घुमेर…’ गीत ल्याईकी छिन् ।
यसरी बजारमा थुप्रै तीज गीतहरु आएको बेला यी गायिकाले सबैलाई नचाउने नयाँ तीज गीत ल्याएकी छिन् ।
यो गीतलाई दिग्गज धौरालीले लेखेका हुन् । गीतमा अर्जुन पोखरेलले सङ्गीत गरेका छन् ।यो गीतलाई बि एम एस फिल्म्सले बजारमा ल्याएको हो ।

गीतको तयारमा व्यस्त हुँदा तीज लागेको महसुस भउको उनले बताईन् । उनले काम र पैसाको लागि सधैँ व्यस्त रहने आम नेपालीको जीवनशैलीप्रति लक्षित गर्दै यो गीत ल्याएको बताईन् । यो गीतको भिडियो पनि उनले रिलिज गरेकी छिन् । गीतको भिडियोमा स्वयं मञ्जु पौडेल र उनकी मोडल अनुषा पौडेलले अभिनय गरेका छन् ।