ट्यालेन्ट देखाए मिसेस नेपाल ग्रान्डका प्रतियोगीले


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ साउन

मिसेस ग्रान्ड नेपाल २०१९ का प्रतियोगीहरुले प्रतिभा प्रस्तुत गरेका छन् । र्याम्प जोन इन्टरप्राईजेज्द्धारा आयोजित यो प्रतियोगिताका प्रतियोगीहरुले ट्यालेन्ट शोको क्रममा आफुमा निहित विभिन्न प्रतिभा प्रस्तुत गरेका हुन् ।

प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, बतृत्वकला जस्ता प्रतिभा प्रस्तुत गरे । यो प्रतियोगितामा ११ जना महिलाहरु छन् । जसमा सृजना श्रेष्ठ, रबिना थापा, इच्छा राई, चेलिन महरा, अञ्जली केसी शाह, उषा राणा केसी, पूर्णिमा कोईराला, एलिना घिसिङ वाईवा, सृजना श्रेष्ठ, र सृजना थापा श्रेष्ठ रहेका छन् ।

 

 

 

 

 

 

 

 

ट्यालेन्ट शोको निर्णायकहरुमा युवा गायक एवम् संगीतकार राज सागर, गायिका रिता केसी, अभिनेत्री उषा खनाल र नृत्य निर्देशक संदीप भुजेल थिए ।

महिलाहरुलाई समाजमा अघि बढ्ने प्रेरणा दिँदै उनीहरुको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुति र आत्मविश्वासमा निखार ल्याउन यो प्रतियोगिता आयोजना गरेको र्याम्प जोन इन्टरप्राईजेजकी अध्यक्ष रमी श्रेष्ठले बताईन् ।

तेश्रो संस्करणको मिसेस नेपाल ग्राण्डको कोरियोग्राफरमा अश्विनीकान्त झा रहेका छन् । मिसेस नेपाल ग्राण्डको चयन यही ११ शनिबार दिउँसो काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान नाचघरमा हुने भएको छ ।