आयो ‘सोच’ को टिजर ब्युटी न्युज नेपाल


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ साउन

नेपाली चलचित्र सोचको टिजर रिलिज गरिएको छ । पूजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेको फिल्मको टिजरमा प्रज्वल गिरी, नीता ढुंगाना,पूजन सिंहका साथै किरण थापालगायतको अभिनय देख्न पाईन्छ ।

एक्शन लभ स्टोरी फिल्म सोच आउँदो २० भदौमा प्रदर्शन हुने भएको छ । यो चलचित्रमा प्रजज्वल ,नीता र निर्देशक पूजन स्वयम् मुख्य भूमिकामा छन् । गंगा रजक र एसडी निर्माता रहेको फिल्ममा एनवी महर्जनको द्धन्द्ध र रामजी लामीछाने र पूजन सिंहको कोरियोग्राफी छ ।

फिल्मले भरपुर मनोरन्जका साथै सन्देश पनि दिने निर्देशक पुजन बताउछन् । फिल्मलाई देशभर आरआर फिल्मस्ले बितरण गर्दैछ । बिदुर पाण्डेले खिचेको फिल्मको कथा निर्देशक पुजनकै हो भने पटकथा र सम्वाद कृष्ण आचार्यले लेखेका हुन् ।