पालो मिस एसिया प्यासिफिक इन्टरनेशनल, नेपालको


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ असार

दोस्रो ‘मिस एसिया प्यासिफिक इन्टरनेशनल, नेपाल २०१९’ आयोजना हुने भएको छ । प्रतिभा छनौटका ५१ औं संस्करणका रुपमा आयोजित ‘मिस एसिया प्यासिफिक इन्टरनेशनल, २०१९’मा नेपाली प्रतिभाहरुका सहभागिता हुने छ ।

यो प्रतियोगिता नेपालमा दोस्रो बर्ष आयोजना हुन लागेको हो । यस सौन्दर्य प्रतियोगितामा अडिसनको लागि देशव्यापी रुपमा मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल जाने छ ।

प्रतियोगीमध्ये अन्तिम चरणमा पुगेका सहभागीहरुलाई काठमांडौ ल्याइ सम्बन्धित क्षेत्रका दक्ष एवं विशेषज्ञहरुद्वारा एक हप्ताको प्रशिक्षणसमेत प्रदान गरिने र फाइनल प्रतियोगितामा सहभागी गराइने आयोजक पक्षले जनाएको छ ।

मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल, २०१९ को विजेताले २५ सेप्टेम्बरदेखि १० अक्टोवरसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने ५१ औ मिस एसिया प्यासिफिक इन्टरनेशनल,२०१९ मा नेपालका तर्फबाट भाग लिने आयोजक पक्षको भनाई छ ।

यस्तै यो प्रतियोगिताको फस्ट रनरअपले मिस टुरिजम क्विन इन्टरनेशनल २०१९ को आयोजना हुने राष्ट्रमा सहभागी हुन पाउनेछन् । सेकेन्ड रनरअपले दक्षिण कोरियामा आयोजना हुने मिस ग्लोबल ब्युटी क्वीन २०१९ मा नेपालका तर्फबाट सहभागीता जनाउन पाउने पनि आयोजकले जनाएको छ ।

यो कार्यक्रम जुन २० सेप्टम्बरदेखि ४ अक्टोवरसम्म सञ्चालन हुने छ । ग्रुप अफ इभेन्ट इन्टरटेनर्स तर्फबाट अनुप सक्सेनाले कार्यक्रम आयोजना गर्दैछन् ।

प्रस्तुति ः जयन सुब्बा मानन्धर