आयो एकलाखको नक्कली काफल राखिएको गीत


व्युटी न्युज नेपाल
काठमाडौं, २३ असोज

चलचित्र ‘बादशाह जुट’को गीत काफ्ल पाक्यो…मा निर्देशकले ढाकी भरी काफल देखाउनु पर्ने थियो । तर यो मौसममा काफल फल्ने कुरा भएन् । १३ पौषबाट रिलिज गरिने यो चलचित्रको गीत खिचेर मिडियामा छोड्न हतार थियो ।

त्यसैले निर्देशक जोनी सिंह राणाले मुम्बईमै काफलको नक्कली दाना बनाउन लगाए । त्यसमा एकलाख खर्च भयो । सोही नक्कली काफलको दाना ल्याएर ढाकीमा राखेर काफ्ल देखाउँदै गीतको सुटिङ गरे ।

यो गीतको भिडियो सोमबार काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको हो । प्राकृतिक सेटलाई अझ राम्रो बनाएका कारण गीतिदृष्य सुन्दर बनेको छ । काफल पाक्यो…गीतमा अभिनेत्री प्रियंका कार्कीसँगै अभिनेता द्वय शुशील श्रेष्ठ र आमिर गौतमको नृत्य रहेको छ । विक्रम स्वाँरको नृत्य निर्देशन रहेको गीतको भिडियो उत्तम हुमागाइको छायाँकन छ । लोकलययुक्त यो गीतलाई राजनराज सिवाकोटी र मेलिना राईले गाएका छन् । डिपी खनालको शब्द रहेको गीतमा कृष्ण भारद्वाजको संगीत छ ।

भोजराज श्रेष्ठले निर्माण गरेका यो चलचित्रमा प्रियँका अतिथि भूमिकामा छिन् । यसमा मुख्य भूमिकामा शुशिल, आमिरसँगै रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावतलगायत छन् । बादशाह जुटमा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन छ ।