चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी बिजयी, यस्तो छ निर्वाचन नतिजा


ब्युटी न्युज नेपाल
कठमाडौँ, ३ जेठ

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा अग्रज कलाकार उत्तम केसी नेपाल (चुईचुइ पारेर) विजय भएका छन् । आइतबार राती सम्पन्न मत परिणाम अनुसार २१६ मत ल्याई उनी बिजयी भएका हुन् । उनका प्रतिद्धन्दी अध्यक्षका उम्मेदवार सबिन श्रेष्ठले १३२ मत ल्याएका थिए । दुई उपाध्यक्षको लागि ६ जनाले उम्मेदवारी दिएकोमा शिवहरी नेपाल बैरागी र पुजना प्रधान स्त्री बिजयी भए ।

यस्तै महासचिवमा सुनिल कटुवाल, सचिवमा गोपाल ढकाल छन्दे, कोषध्यक्षमा तेजुला खतिवडा र सह कोषाध्यक्षमा पवन केसी बिजयी भए ।

संघको १० जना केन्द्रिय सदस्यको लागि २८ जनाको उम्मेदवारी परेको थियो । जस मध्ये केन्द्रिय सदस्यमा बिजयी हुनेहरुमा दमन रुपाखेती, इन्द्रबहादुर लामा (खम्बे), लब्ली (चन्द्रकला राई, श्रीदेव भट्टराई, मोनिका दाहाल (चन्द्रकला), छुल्ठिम गुरुङ, जीवन थापा, नविन कुमार श्रेष्ठ, रश्मी भट्ट र सुलेमान शंकर (इकु) रहेका छन् ।

चलचित्र कलाकार संघको निर्वाचन अन्तिम नतिजाः–
अध्यक्ष
उत्तम केसी –२१६ (बिजयी)
सविन श्रेष्ठ – १३२

उपाध्यक्ष
उद्धव भट्टराई –१०७
डिबि तामाङ–२७
पनाह अधिकारी–१३५
पूजना प्रधान–१४४ (बिजयी)
राजेन्द्र बस्नेत–१८
शिवहरी बैरागी–१४६ (बिजयी)

महासचिव –
रामेश्वर बुर्लाकोटी–१२५
सुनील कटवाल– १९५ (बिजयी)

सचिब
गोपाल ढकाल–२१४ (बिजयी)
पल्पसा डंगोल–११०

कोषाध्यक्ष
तेजुला खतिवडा–१४९ (बिजयी)
पवित्रा आचार्य–१०६
खुश्व खड्का –५८

सहकोषाध्यक्ष
पवन केसी–१६१ (बिजयी)
गीता नेपाल–१५३

सदस्यहरुः– (बिजयी १० जना)
१.अनुमती नेपाली ८९
२.अशोक धिताल ७४
३.इन्द्रबहादुर लामा (खम्बे) १४५ (बिजयी)
४.कोशीस क्षेत्री ८१
५.गोकुल सुवेदी ७१
६.चन्द्रकला (मोनीका) दाहाल ११३ (बिजयी)
७.चन्द्रकला राई (लब्ली संगम) १४४(बिजयी)
८.छुल्ठिम गुरुङ १३२ (बिजयी)
९.जीवन थापा १२१ (बिजयी)
१०.दमन रुपाखेती १६७ (बिजयी)
११.दावा फिन्जो तामाङ ६६
१२.धनबहादुर तामाङ ६६
१३.नम्रता खरेल १०६
१४.नम्रता योगी १००
१५.नवीनकुमार श्रेष्ठ १२२ (बिजयी)
१६.प्रेम पाण्डे पुण्य १११
१७.मन्जु देवी तुलाधर ७१
१८.रश्मि भट्ट ११३ (बिजयी)
१९.राजेश गोसाइ ३६
२०.लक्ष्मण चौलागाई ८८
२१.बिनोदकुमार भट्टराई ७६
२२.श्रीदेव भट्टराई ११३ (बिजयी)
२३.सरिता राजोपाध्याय १०१
२४.सामना सिटौला ९६
२५.सुपा खनाल १०१
२६.सुमन सागर जंग केसी ५८
२७.सुलेमान इकु ११८ (बिजयी)
२८.हरिचन्द्र फुयाँल ४४