प्रेममा द्धन्द्धको कथायुक्त चलचित्र मितज्यूको ट्रेलर रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ वैशाख

आगामी ८ फागुनमा रिलिज हुने नेपाली चलचित्र ‘मितज्यू’को ट्रेलर रिलिज भएको छ। सोमबार निर्माण टिमले पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर रिलिज गरेको हो ।

ग्रामीण परिवेशमा आधारित यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरका साथै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको सार्वजनिक ट्रेलरमा यसका मुख्य पात्र दयाहाङ राई र सौगात मल्लले मितेरी साइनो लगाएका छन्। उनीहरु गाउँमा आएको नयाँ बाटोका गाडी चालक हुन्। एकअर्कामा प्रतिष्पर्धा गर्दै कसले मान्छे छिटो गन्तव्यमा पुर्याउने भन्नेमा छ। सोही क्रममा मितेरी साइलो लगाएका दया र सौगातबीचको मित्रका बढो गज्जवको देखिन्छ। किनभने सौगात मित दयाको घरमा जाँदा रित्तो नगई भाले बोकेर बोकेर पुगेका छन्। जहाँ मितिनी तेरिया मगरले भाले मात्रै किन पोथी पनि ल्याउनुपथ्यो नि भन्ने गाउँले शैलीमा बोल्छिन् ।

यता उनीहरुले मित लगाएको कुरालाई हात हेर्ने ज्योतिषीले हल्का रुपमा नलिन आग्रह गर्छन्। उनीहरुबीचको संटक र गाउँको बाटोमा गाडी कुटाउने प्रतिष्पर्धा बडो रोचक लाग्छ। एकअर्काबीचको लडाई झगडा र मितको नाममा कलंकसम्मको कथा पर्दामा देख्न सकिन्छ।

यसै फिल्ममार्फत तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। साथै, फिल्मको एक गीतमा अभिनेत्री रुषा न्यौपानेको विशेष नृत्य पनि समावेश गरिएको छ। अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यस फिल्ममा लोकेश बज्राचार्यको सम्पादन,शिशिर बिशंखेको छायांकन रहेको फिल्ममा श्रीकृष्ण बम मल्लको संगीत छ। गीतमा स्वर श्रीकृष्ण बम मल्ल, मेलिना राई र लक्ष्मी मल्लले दिएका छन्। मुख्य सहायक निर्देशक फिरोज खड्का रहेका छन्।

आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ। फिल्म आगामी जेठ ८ गतेबाट नेपालभरका हलमा प्रदर्शन हुँदैछ। यो फिल्म हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा ‘सोल्ड आउट’ भइसकेको छ। फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा यि ६ देशमा फिल्मको प्रदर्शन अधिकार बिक्री भएको हो । यस फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् ।