ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ बैशाख
नेपाली चलचित्र ‘मालती मंगले’को तेस्रो गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ। आगामी वैशाख २५ गते प्रदर्शनमा आउन लागेको यस फिल्मले यसअघि ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ गीतमार्फत दर्शकको ध्यान खिचिसकेको अवस्थामा नयाँ डान्सिङ नम्बर प्रस्तुत गरिएको हो। गीतमा रामकृष्ण ढकाल र मेलिना राई को स्वर सुन्न सकिन्छ। शब्द राजेन्द्र थापा का हुन् भने सङ्गीत राजन राज शिवाकोटी ले दिएका छन्।
गीतको भिडियो निकै आकर्षक र मनोरञ्जनपूर्ण ढंगले तयार गरिएको छ। कोरियोग्राफर रोशन विश्वकर्माको संयोजनमा बनेको भिडियोमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसँगै चर्चित डान्सरहरू सविन कार्की (बिस्ट), एलिसा शर्मा र रोशित कर्माचार्य विशेष उपस्थितिमा देखिएका छन्। दृश्यलाई अझ प्रभावशाली बनाउन मेकअप, हेयर स्टाइल र कला निर्देशनमा पनि विशेष ध्यान दिइएको छ।

यस चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह निर्माताको रूपमा रहेका छन्।
फिल्मका निर्देशक प्रकु पाण्डेय हुन्, जसले कथासमेत तयार पारेका छन्। पटकथा र संवाद संयोग गुरागाईंको रहेको छ। रानी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा विजय, वर्षा र मेक्समसहित धेरै कलाकारहरूको अभिनय देख्न पाइनेछ। निर्माण टिमले कथा र प्रस्तुति दुवै पक्ष बलियो रहेको दाबी गरेको छ। आरआर फिल्म्सले वितरण गर्ने ‘मालती मंगले’ ले प्रदर्शनपछि दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।


