प्रियंकाले निर्माण गरिन चलचित्र ’मास्टरनी’ भदौ १२ मा रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ बैशाख

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी चलचित्र निर्माणमा उत्रिएका छन् । यी दम्पत्तिले निर्माण गरेको नेपाली चलचित्र ’मास्टरनी’ को पहिलो झलक काठमाडौँमा एक समारोहबिच सार्वजनिक भएको छ ।

आयंका फिल्म्सको पहिलो फिचर फिल्मको औपचारिक घोषणा समेत गरिएको हो। भारतीय निर्देशक सुवेन्दु घोषको निर्देशनमा तयार भएको चलचित्रको सम्पूर्ण सुटिङ सम्पन्न भैसकेको छ। १७ दिनमा काठमाडौँ र पोखरामा चलचित्रको सुटिङ गरिएको हो।

क्राइम थ्रिलर मर्डर मिस्ट्री जनरामा निर्माण भएको चलचित्रमा प्रियङ्का कार्की, सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुप विक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ। यी बाहेक धेरै कलाकारको सप्राइज चलचित्रमा दर्शकले देख्न पाउने निर्माण टिमले बताएको छ।

चलचित्रमा प्रियङ्का कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माताको रूपमा रहेका छन्। चलचित्रको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन्।

अभिनेत्री प्रियङ्का कार्कीको कथा रहेको चलचित्रमा सान बस्नेतको स्क्रिप्ट रहेको छ भने स्क्रिन प्ले र डाइलग प्रियङ्का र शानले नै तयार पारेका हुन्। चलचित्र भदौ १२ गतेबाट रिलिज हुनेछ ।