प्रकाश र चन्दाको तीज भाका जुका लाग्ने गाउँमा


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ साउन

गायक प्रकाश कटुवाल र गायिका चन्दा अर्यालको स्वरमा नयाँ तीज दोहोरी भाका ‘जुका लाग्ने गाउँमा…’ बजारमा आएको छ । यसपालीको तीजलाई लक्षित गरेर यो गीतलाई बजारमा ल्याईएको हो । बिनोद ढकालले लेखेको यो गीतमा प्रकाश कटुवालले संगीत गरेका छन् । गीतको भिडियोलाई बल्छि धुर्बे युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

सम्पन्न परिवारकी छोरीलाई विवाह गरेर गाउँमा पढाउन लाग्ने ती छोरीले गर्ने विद्रोहको भावलाई यो गीतमार्फत प्रस्तुत गरिएको छ । गीतको भिडियो निकै आकर्षक बनेको छ । दीपेन्द्र तिमिल्सिनाले कोरियोग्राफी तथा निर्देशन गरेका यो भिडियोमा रबी गिरी, सरिता ढुँगाना (जुनकिरी), मुकुन्द मैनाली, लक्ष्मी श्रेष्ठ, जीवन ज्ञवाली, बिष्णु जिसी, खेम बालगायतको अभिनय रहेको छ ।

नवराज उप्रेतीको छायाँकन रहेको यो भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । चन्दा र प्रकाशको निकै कर्णप्रिय यो तीज गीतको भिडियो पनि समासामयिक बनेको छ ।