नगेन्द्रलाई सम्मान, डी आर र आङयुगलाई पुरस्कार


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ असार

बरिष्ट गीतकार नगेन्द्र थापालाई नगद एक लाख रुपैयाँ सहित यो वर्षको राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मानित गरिएको छ । नेपाली सँगीतिक क्षेत्रमा ६ दशकभन्दा लामो योगदान दिएको भन्दै उनलाई गीतकार संघ नेपालले सम्मान गरेको हो ।

गीतकार संघ नेपालको नवौँ वार्षिकोत्सव तथा सातौँ स्रष्टा सम्मान कार्यक्रममा राजधानीमा शनिवार सम्पन्न भइको हो । सो अवसरमा विभिन्न कलाकार तथा साहित्यकारलाई पुरस्कृत गरिएको थियो ।

सोही कार्यक्रममा गीतकार डा. डीआर उपाध्याय र कवि हाङयुग अज्ञात ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत भएका छन् ।

तकार संघ नेपालले हरेक वर्ष प्रदान गर्ने ‘वर्ष गीत पुरस्कर’ अन्र्गत वर्ष गीत पुरस्कार २०७५ बाट यी दुई श्रष्टा पुरस्कृत भएका हुन् । गीतबाट यी दुईले जनही ५१ हजार र सम्मानपत्र पाए । यो गीतमा सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र मनोज राजको स्वर रहेको सन्तानको स्वर…गीतबाट उपाध्यायलाई पुरस्कृत गरिएको हो ।

सोही कार्यक्रममा वर्ष पुस्तकबाट उर्मिला कोइराला र गौरभ गुरुङलाई नगद ५१ हजार र सम्मानपत्रबाट पुरस्कृत गरियो ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले कलाकारले तराई र पहाडलाई जोड्न अभिप्रेरित गर्ने गीत सङ्गीत बनाउनुपर्ने बताए,‘मुलुकमा भएका परिवर्तनका आन्दोलनमा कलाकार र साहित्यकारको योगदानको कदर गर्नुपर्छ’, उनले भने, ‘कलाकार र साहित्यकारको खबरदारीले राज्य सञ्चालन गर्नेलाई सचेत बनाइरहेको हुन्छ ।’

कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष चुडामणी देवकोटाले संघको नवौ वार्षिक उत्सबको बारे प्रकाश पार्दै पुरस्कृत श्रष्टाहरुकोबारे जानकारी गराए ।