झुम्कामा पुष्प र एलिशाको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ जेठ

अभिनेता पुष्प खड्का र अभिनेत्री एलिशा शर्मा नयाँ गीत झुम्का…मा प्रगाढ प्रेममा बाँधिएका छन् । यो गीत गायक सुमन केसी र गायिका विद्या तिवारीको स्वरमा रहेको छ । यो गीतको भिडियो युट्युवबाट सार्वजनिक गरिएको हो ।

गीत तथा भिडियोमा एक प्रेमिकाले प्रेमीसँग गरेको माग र त्यसलाई पूरा गर्न प्रेमीले दिएको वाचालाई देखाइएको छ । शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरको नृत्य निर्देशन रहेको छ । अर्जुन तिवारी र मनोज पौडेलको छायाँकन रहेको यो भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

यो गीतमा वसन्त सापकोटाको संगीत रहेको छ । यो गीतलाई अम्बिका गौतमले लेखेकी हुन् । उदयराज पौडेलले एरेन्ज गरेको गीतलाई श्यामस्वत रसाइलीले मिक्सिङ गरेका छन् ।