चलचित्र ‘खोजतलास’को विशेष प्रदर्शन


ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ जेठ

नेपाली चलचित्र ‘खोजतलास’को सेन्सर सम्पन्न भई प्रदर्शनी सुरु गरिएको छ । मंगलबार बेलुका काठमाडौँका चावहिल स्थित चलचित्र विकास बोर्डमा यो चलचित्रको विशेष प्रर्दशन गरियो । दिनेश लिङ्देनको कथा र निर्देशन रहेको क्राईम जनराको यस चलचित्रमा समाजमा हुने विभिन्न आपराधिक घटनाविरुद्धको संघर्षलाई देखाइएको छ ।

फिल्ममा रुद्र पाहिम, विमला खजुम, पुष्पाञ्जली लिम्बु, पुजा गिरी, शैलेन्द्र नाल्बो, राजकुमार शाह, रोहन सेन्चुरी, सागर केरुङ, तेज मेन्याङबो, राजु घिमिरे, दिपेन्द्र नाल्बो, शर्मिला शर्मा दिलिप योङहाङ र पुर्ण सेलिङको अभिनय छ ।
इलाम, पाँचथर, झापा काठमाडौमा छायांकन गरिएको यस फिल्ममा विकास चौधरी र रोशन वान्तवा राईको संगीत, कमल राईको नृत्य, कुमार महर्जनको द्वन्द्ध, शिव ढकाल, हेमन योन्जन र ज्ञानु राईको छायांकन छ ।

शैलेन्द्र नाल्बो निर्माता रहेको यो फिल्म युके, अमेरिका, हङकङ, अष्टे«लियालगायतका देशमा प्रदर्शन गरिएपछि मात्र नेपालमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।