आमेशसँग फेरी प्रेम परेको कुरा निताद्धारा अस्विकार

गसिप न्युज

ब्युटी न्युज नेपाल
काठमाडौं, १० जेठ

अभिनेता आमेश भण्डारीसँग अभिनेत्री निता ढुँगानाको सम्बन्ध फेरी पुरानै जस्तो प्रेमिल भएको भन्ने समाचारलाई अभिनेत्री निताले अश्विकार गरेकी छिन् । आमेश र निता बीच फेरी मिलन, उनीहरु प्रेम सम्बन्धमा जस्ता शिर्षकमा समाचार आएपछि उनले यो कुरा अश्विकार गरेकी हुन् ।

तीन वर्ष अघि विवाह सम्बन्धमा बाँधिने तयारमा रहेका अभिनेता आमेश भण्डारी र अभिनेत्री निता ढुँगानाको सो सम्बन्ध एकाएक बिग्रिएको थियो । दुई वर्ष लामो प्रेम सम्बन्धपछि विवाहको तयारीमा पुगेका यि जोडीको सम्बन्ध बिग्रिएपछि उनीहरु पानी बारावारको अबस्थामा पुगेका थिए ।

यी दुईले यो साता गायक जितु श्रेष्ठ र अनु अधिकारीको स्वरमा रहेको गीत बैमानी बैमानी…को भिडियोमा सँगै मोडलिङ गरे । यो भिडियो बिहिबार रिलिज भयो । यसरी सँगै कामगरेपछि आमेश र निता फेरी प्रेमसम्बन्ध फेरी जोडिएको भन्ने समाचार बाहिरियो । सो समाचारबारे निताले भनिन्,‘निर्देशक बिदुर सिवाकोटीले राम्रो पारिश्रमिक दिएपछि मैले आमेशसँग यो म्युजिक भिडियोमा सँगै काम गरेकी हुँ । हाम्रो सम्बन्ध फेरी प्रेममय भएको भन्ने कुरा गलत हो ।’

आमेशसँग फेरी प्रेम सम्बन्ध कायमसँगै विवाह हुन्छ त भन्ने जिज्ञाँसामा अहिले त्यस्तो आफु नसोचेको यी अभिनेत्रीले बताईन् । अहिले आफु काममा मात्र व्यस्त भएको पनि उनले प्रस्ट पारिन् ।