यात्रालाई ठुला हल, ए मेरो हजुर ३ लाई भुरा हल

हल राजनीति

प्रदीप कंडेल/ब्युटी न्युज नेपाल
काठमाडौं, ३० चैत
मेघा स्टार उपाधि दिएर थापा चर्चामा ल्याईएका अभिनेतालाई लिएर फिल्म बनाउनु मात्र सम्पूर्णता हैन, निर्माण गरेको फिल्मले सोही अनुसारको सुविधा सम्पन्न हल पाउनु पनि महत्वपूर्ण कुरा हो । यस पटक यस्तै भएको छ ।

काठमाडौंका ठुला हलमा नयाँ पुस्ताका अभिनेता सलिनमान बनियाँ अभिनित फिल्म ‘यात्रा ः ए म्युजक ब्लग’ प्रदर्शन भएको छ । सुविधा सम्पन्न ठुला हलमा सलिनमानको फिल्म प्रदर्शन भईरहेको बेला स्वयम् निर्माता निर्देशकले पर्दामा ‘मेघ स्टार’ उपाधि अनमोललाई दिए पनि उनलाई यतीबेला राम्रो पर्दा निर्माता निर्देशकले दिलाउन सकेका छैनन् । परिणाम स्वरुप फिल्म ‘ए मेरो हजुर–३’ मार्फत अभिनेता अनमोल केसी सानो, भुरा हलमा खुम्चिनु परेको छ । काठमाडौं र मोफसलका हल सञ्चालकहरुले नै यो फिल्मलाई दोश्रो श्रेणीका साना हलहरु दिएका छन् । जसका कारण कम गुणस्तका हलकै कारण अनमोल अभिनित फिल्म ए मेरो हजुर ३ ती हलमा फिक्का देखिएको छ । सलिनमान अभिनित फिल्म यात्रा सुविधा सम्पन्न हल पाएकै कारण चकाचक देखिएको छ ।

ब्यबसायको हिसाबले राम्रो कमाई हुने सिनेमाहरु मध्य गोपिकृष्ण मूभिजको ११११ सिट भएको गोपी, अष्ट नारायण पिक्चरको सबैभन्दा ठुलो हल ‘अस्ट नारायण–क’, गुण सिनेमा प्रा.लि.को ‘गुण क’, बाराही सिनेमाको ‘बाराही क’, कलँकी सिनेमाको ‘कलँकी क’, गँगा सिनेमाका ‘गँगा क’ जस्ता हलहरु यात्राले पाएको छ । राम्रो व्यापार हुने यी सिनेमा हलमा चलचित्र ए मेरो हजुर ३ साना र कम गुणस्तरका हलमा सिमित हुनु परेको छ ।

कुन चलचित्रलाई कुन सिनेमा हल दिने तथा प्रदर्शनको हिसाबले माथि उठाउने भन्ने हात हल सञ्चालकहरुको हुन्छ । यस्तै यसपटक चलचित्र ‘यात्रा ः ए म्युजिकल ब्लग’ले काठमाडौंमा त ठुला हल पाएको छ नै, काठमाडौं बाहिर पनि अनमोल अभिनित फिल्म ए मेरो हजुर–३ भन्दा धेरै र सुविधासम्पन्न सिनेमा हल पाएको छ । रिलिजको बेला राम्रो शो पनि यात्राले नै पाएको छ ।

सबैले शक्तिको पुजा गर्छन । यस पटक चलचित्र यात्राका निर्माता चलचित्र विकाश बोर्डका अध्यक्ष छन् । आफ्नो फिल्मलाई ठुलो र सुविधासम्पन्न हल चाहियो भनेर अध्यक्ष भट्टराईले कसैलाई भनेको छैनन् । उनलाई रिझाउन हल सञ्चालक आफैंले ‘अध्यक्षज्यूको फिल्म हो, राम्रो हल दिएर रिलिज गरिदिनु पर्छ’ भन्दै सुविधासम्पन्न हल दिएका हुन् । धेरै सिनेमा हलले यात्रालाई रिलिज गर्नुको कारण पनि यही हो ।

यात्रालाई ठुला र सुविधासम्पन्न हल दिनुको कारण बारेका प्रश्नमा नाम नलेखिदिने सर्तमा काठमाडौंका एक हल सञ्चालकले ब्युटी न्युज नेपालसँग भने,‘बोर्डका अध्यक्षज्यूले धेरै समयपछि एउटा अग्र्यानिक नेपाली सिनेमा बनाउनु भएको छ । यस्तो मौलिक फिल्मलाई राम्रोसँग चलाउनु त हाम्रो पनि दायित्व हो नी ।’

उनले अगाडि थपे,‘सुनिल र झरनाजीको फिल्मलाई पनि त हामीले दर्शकको फ्लो अनुसार आबस्यक अनुसार हल दिएकै छौं नी । यहाँ बिदेशी फिल्म र बिदेशी जस्ता देखिने नेपाली फिल्म चलायो भनेर आरोप लगाईरहेको बेला नेपाली स्वादको फिल्म आउँदा त्यसलाई सहयोग गर्नु हाम्रो कतव्र्य पनि त हो नी ।’ दर्शकहरुले ए मेरो हजुर ३ लाई सानो हलमा चलाएको भनेर कुनै गुनासो नगरेको पनि ती सञ्चालकले दाबी गरे ।

यता शनिबार बिहानसम्म यी दुई चलचित्रमा ए मेरो हजुर ३ कै व्यापार माथि छ । फिल्म हलमा अनमोल केसीको क्रेज उनको अघिल्लो फिल्म क्याप्टेन भन्दा धेरै माथि देखिएको छ । शनिबार बिहानको शो मै गोपीमा यात्रा लागिरहेको बेला ए मरो हजुर ३ ले त्यहाँका चार ओटा हल ओगटेको थियो । ए मेरो हजुर ३ को अहिलेसम्मको व्यापार हेर्दा अघिल्लो चलचित्र क्याप्टेनबाट व्यबासायिक असफलतमा झेलेका अनमोल यसपटक ए मेरो हजुर ३ बाट व्यबसायिक रुपमा सफल देखिने सम्भावना उदायको छ ।