खराब मौसलले रोकियो कलाकारको क्रिकेट म्याच


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ चैत

शनिबार बिहानै देखि परेको अबिरल वर्षाका कारण किर्तिपुरको क्रिकेट रंगशालामा शनिबार १० बजेपछिबाट हुने भनिएको राष्ट्रियस्तरका कलाकारहरु बिच क्रिकेट खेल स्थगीत भएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ यो खेल आयोजना गर्न लागेको थियो । प्रतियोगीताका लागी कलकारहरु अभ्यास खेलपछि पूर्ण तयारीमा थिए । टिकट पनि राम्रो सँख्यामा बिक्री भएको थियो ।

बिहानै देखि परेको पानीको कारण क्रिकेट म्याच खेल्न नसकिने भएपछि शनिबार हुने भनिएको मातृभूमि कप अर्को सुचना नआएसम्मका लागि रोकिएको आयोजक सिताराम कट्टेल धुर्मुसले सुचनामार्फत जनाएका छन् ।