आयो समर लभको गुनासो छैन…


ब्युटी न्युज नेपाल

काठमाडौं, २२ माघ

चलचित्र समर लभको पीडायुक्त नयाँ गीत गुनासो छैन…लाई युट्युवबाट रिलिज गरिएको छ ।

समर लभु यहि २५  माघबाट प्रदर्शनमा आउँदैछ । सुबिन भट्टराईको चर्चित उपन्यास समर लभमा आधारित यो फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले  गीत सार्वजनिक गरेको छ । सार्वजनिक गुनासो छैन…बोलको गीतको भिडियोलाई लिरिकल बनाइएको छ ।

समर लभलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत समावेश छ, स्वर र एरेञ्जमा रिकेश गुरुङ छन् । लिड कलाकार आशिष पिया, रेवती क्षेत्रीसँगै सुरजसिंह ठकुरी पनि  गीतमा  अभिनयरत छन् । गरिएको छ । फिल्ममा समावेश यसअघि सार्वजनिक साया… बोलको गीत लोकप्रिय बनिसक्दा ट्रेलरले राम्रो हाइप बनाइसकेको छ ।

अर्जुन जिसीको सम्पादन, सञ्जय लामाको छायाँकन रहेको यो फिल्ममा उल्लेखित तीन कलाकारसँगै नम्रता सापकोटा, सरोज खनाल, शिशिर भण्डारी, ओमप्रतिक लगायत लिड अभिनयमा छन् ।

समर लभको स्कृनप्ले सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवादमा सामिप्यसँग सुबिनले सहकार्य गरेका छन् । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको निर्माणमा बनेको फिल्मका कार्यकारी निर्माता बिनोद अधिकारी हुन् । एकराज तामाङ लाइन प्रोड्यूसर रहँदा सह निर्मातामा सोपन सरकार र मनोज बिक छन् ।