‘मिसेस नेपाल टुरिजम २०१९’ बनिन् डोल्मा


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ माघ

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न ‘मिसेस नेपाल टुरिजम २०१९’ मा शिर्ष उपाधि काठमाडौं बौद्ध, फूलबारीकी शिक्षिका छिरिङ डोल्मा शेर्पाले जितेकी छिन् । यो प्रतियोगितामा छिरिङले मिसेस नेपाल टुरिजमका साथै बेस्ट हेयर उपाधि पनि पाइन् ।

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाबीच यो सौन्दर्य प्रतियोगिता आयोजना गरेको हो । यो प्रतियोगितामा दमककी शिक्षिका संगीता खड्का पौडेल फस्ट रनर अप, महाराजगन्जकी इन्दिरा लामिछाने सेकेन्ड रनर अप, कलंकीकी मुक्ता सेडाई थर्ड रनर अप घोषित भए ।

सो प्रतियोगितामा संगीता गौतम पब्लिक च्वाइससँगै भिवर्स च्वाइस, रोशनी अयर, मस्ट फोटोजेनिक, नम्रता लामिछाने बेस्ट र्याम्प वर्क, सविता थापा गिरी, बेस्ट कन्जिनियलिटी, कर्सन राई मस्ट गर्जियस, र समीक्षा लामिछाने मिसेस ब्युटीफुल घोषित भए ।

सो प्रतियोगितामा अभिनेता गजित विष्ट, अभिनेत्री अरुणा कार्की, मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८ तथा मिसेस नेपाल इन्टरनेशनल २०१८, पेन्टागन कलेजका डाइरेक्टर डा. एसपी सिंह र सञ्चारकर्मी विकास थपलिया निर्णायक रहेका थिए। लगायत निर्णायक थिए ।

प्रतियोगिता पूजा निरौलाको आयोजना र बालकृष्ण पोखरेलको निर्देशनमा सम्पन्न भएको थियो । कार्यक्रम पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । अश्विनी झाको कोरियोग्राफीमा सम्पन्न यो प्रतियोगिताको फाईनल सञ्चालन पनि झाले नै गरेका थिए ।