कतारीले रुचाए चौक दाउको मेरो मायाँ


ब्युटी न्युज नेपाल
काठमाडौं, २० मंसिर

चलचित्र ‘चौका दाऊ’को पछिल्लो गीत मेरो मायाँ कतारमा सँधै हतारमा…को भिडियो कतारमा बढी रुचाईएको छ ।
कतारमा रहेका नेपालीसँगै भारतीय र कतारीले समेत यो गीत र भिडियो रुचाएपछि त्यहाँ हुने कार्यक्रममा यो गीत जताततै बज्ने गरेको यसका निर्देशक पूर्णेन्दु झाले बताएका छन् ।

‘गीतको भिडियो पनि कतारमा बस्नेहरुले बढी हेरेको छन् । त्यहाँ कतारीले पनि हाम्रो भिडियो हेरेर मन पराएको कतारमा रहेका नेपालीहरुलाई जानकारी गराएकोमा खुसी लागेको छ ।’

निर्माण संस्था सौर्य प्रोडक्सनले यो गीतको गायिका व मोडललाई कतारमा हुने कन्सर्टबाट सहभागीताको लागि प्रसस्तै फोन आएको चलचित्रका परिकल्पनाकार शम्भुजीत बासकोटाले जानकारी गराएका छन्,‘कतारमा गीत हिट भएछ । त्यहाँबाट हजुर सहित गायिका, मोडल, नायिका जो फुर्सदमा हुनुहुन्छ, उहाँ पनि आउनु पर्यो भन्दै दिनदिनै फोन आएका छन् ।’ वासकोटाले भने ।

भिडियोलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको यो भिडियो १३ लाख भन्दा बढी पटक हेरिसकिएको छ । आगामी २७ पौषबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने चौका दाउको यो गीतमा चलचित्रका कथाकार एवम् परिकल्पनाकार बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले यो गीतको संगीत गरेका हुन् । श्री पुरुष ढकालको शब्द रहेको यो गीतलाई शम्भुजीतसँगै सुमन गुरुङले गायका छन् ।

यो आईटम गीतमा सोनीका केसीको निकै कामुक शैलीको आईटम नृत्य रहेको छ । यो नृत्यमा सोनीकाको कामुकतामा कलाकारहरु विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा, तैयव शाह, श्याम राई लगायतलठ्ठिएको दृष्य हेर्न पाईन्छ । गीतको नृत्य निर्देशन बसन्त श्रेष्ठले गरेका हुन् ।

गीतको अन्त्यमा अभिनेत्री वर्षा राउत प्रस्तुत हुन्छिन् । वर्षसँगै अभिनेता अजश्र ढुँगानाको पनि नृत्य हेर्न सकिन्छ ।