भिडियोमा हेम मायामाथि समर्पित असल मन…


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ मंसिर

सामाजिक अभियन्ताको हेम बहादुर थापा (कुमार) र उनकी पत्नी माया थापाप्रति समर्पित गरेर नयाँ गीत ‘असल मन…’को भिडियो श्रोतामाझ ल्याईएको छ ।
भिडियोलाई डि.ए.आर. मुभिज एण्ड फिल्म्स इण्डस्ट्रिजको निर्माण गरेको हो । असल कर्मले पहिचान बनाउन सफल दम्पतिको बारेमा प्रभावन जे को लय शब्द, प्रभावनसँगै गीता देवी (डि.एन.)दाहाल (धनपति)को स्वर रहेको छ ।

सार्बजनिक भिडियोलाई रोशन झाले निर्देशन गरेका हुन् । जयन्द्र कुँवरले छायांकन गरेको भिडियोलाइ बिबेक सुनारले सम्पादन गरेका हुन् । भिडियोको परिकल्पना प्रभावन जेको रहेको छ ।

२०३१ सालमा तेह्रथुमको मोराहंगमा जन्मिएका हेम बहादुर थापा सानै देखि सामाजिक कार्यमा सक्रिय रहेका थिए । उनले अमेरिकामा रहेर त्यहाँ पुगेर बिचल्ली परेका नेपालीलाइ सघाउने देखि नेपालमा रहेर समस्यामा पर्ने थुप्रै व्यक्तिको लागि आर्थिक सहयोग गरि सकेका छन् ।

उनले ‘खड्ग जोशी बचाऊ’ अभियानको लागि पनि महत्वपूर्ण योगदान दिएका छन् । पर्साको मौवानधापमा रहेको दलित प्राथमिक विद्यालयको स्तर उन्नतिको लागि पनि उनले आर्थिक सहयोग गरे उनले यसरि गरेका सहयोगहरु सबैको लेखा जोखा नै छैन ।

हेमले गाउँमा मन्दिर बनाउने बिद्यालय बनाउने लगाएत बिपन्न बर्ग, असहायहरुको सेवा गरि नै रहे । हाल उनि अमेरिकामा रहेका छन् । उनले २०७२ सालको महाभूकम्पको बेलामा पनि ठुलै सहयोग गरेका थिए । उनले २०७४ सालको बाढी पिडितहरुको लागि पनि ठुलै रकम आर्थिक सहयोग गरेका थिए ।

तेह्रथुमका क्यान्सर पीडित मनराज लिम्बु, रौतहटका नन्द किशोर यादब, झापाका मृगौला पिडित बोधराज खनाल, तारानाथ खनाल, शारीरिक रुपमा अशक्त नीलमणि अधिकारी, मृगौला पिडित सोफिया अधिकारी, साउदी जेलमा जेल जीवन बिताई रहेका कुमार राणालाइ नेपाल फर्काउन उनले आर्थिक सहयोग गरे ।