ब्युटी न्युज नेपाल
काठमाडौं, १३ मंसिर

हास्य श्रृंखला ‘रिसानी माफ…’ का लोकप्रिय पात्र हिराकाजी अर्थात राजकुमार देवकोटा ‘रिसानी माफ’ले यतीबेला आफ्नो स्वरमा नयाँ गीत ल्याएका छन् ।

यसअघि ‘हर्के हल्दार’ शीर्षकको टेलिश्रृंखलामा समेत अभिनय गरेका गायक देवकोटाले आफ्नो नयाँ गीत दही मिठो दारको ठेकीको…को भिडियो युट्युबबाट बिहिबार रिलिज गरेका हुन् । यो गीतमा संगीतकार वसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ । गीतमा रमेश भट्टराईले संगीत संयोजन गरेका हुन् ।

https://youtu.be/eL-kvOOmsAM

सागर गौतमले यो गीतको भिडियो छायांकन गरेका छन भने भिडियोमा बेगम नेपाली, सुदिप हमाल र अनुमति नेपालीको अभिनय छ । रविन्द्र खड्काले भिडियो सम्पादन गरेका हुन् । यो म्युजिक भिडियोलाई बिनोद राई ‘घ्याम्पे सुब्बा’ ले निर्देश्ँन गरेका हुन् ।

गायक देवकोटाले आफ्नो स्वरमा केही एकल एल्बम ल्याइसकेका छन् । उनले दर्जनौं गीत पनि गाइसकेका छन् ।

डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय देवकोटाले गाएका गीतहरुमध्ये कल्पनाकी मनकी रानी…, मर्थें मर्थें…, निधारमा रातो टीका…, आकाश हाम्रा पिता… आदि स्रोताले रुचाएका थिए ।