ब्युटी न्युज नेपाल
काठमाडौं २९ कात्तिक

एक समयकी चर्चित बलिउड अभिनेत्री आशा पारेख यतीबेल नेपालमा छिन् । उनी निजी भ्रमणको सिलसिलामा चार दिनका लागि काठमाडौं आएकी हुन् । बुधबार काठमाडौं आएकी आशाले आफ्नो नेपाल भ्रमणको क्रममा दोस्रो दिन बिहिबार दिउँसो अभिनेत्री मनिषा कोइरालालाई कोईराला निवासमा भेटेकी छिन् ।

उनले मनिषाको घरमा केहि घण्टा बिताएको कोईराला परिवारले जनाएको छ । मनिषाको घरमा आशाले कोइराला परिवार निकटका नातेदार र मनिषाका केही साथहरुसँग पनि भेटघाट तथा चिनाजान गरिन् ।
पारेख सन् १०६० को दशककी हिन्दी फिल्मको लोकप्रिय अभिनेत्री हुन् । उनले त्यो समयमा हिन्दी फिल्म तिसरी मन्जिल, कटी पतंग, दो बदन, आन मिलो सजना, दिल देके देखो, हम हिन्दुस्तानी, जब प्यार किसीसे होता है, दो बन्धन, उपकार, शिकार, साजन जस्ता नब्बे भन्दा बढी सफल सिनेमाहरुमा अभिनय गरिन् । आशा सन १९९८ देखि २००१सम्म पहिलो महिला अध्यक्षको रुपमा भारतीय सेन्सर बोर्डमा तीन वर्ष रहिन् । उनी १९९२ मा भारत सरकारबाट पद्मा श्री पुरस्कारबाट सम्मानित भएकी थिईन् ।

यतीबेला काडमाडौं रहेकी आशा यो शनिबारसम्म नेपालमा रहने छिन् । भ्रमणका क्रममा उनी काठमाडौं बाहिरका केही सहरमा पनि जान सक्ने छिन् ।