सांगीतिक पंख फिँजाउँदै आइन रेखा


व्युटी न्युज नेपाल
काठमाडौं, ६ साउन

लोक गायिका रेखा शाहले ‘पंख फिँजाई आकाशमा उडूँ लाग्यो…’ गीतको भिडियो आफ्नै यु ट्युब च्यानलमार्पmत् सार्वजनिक गरेकी छिन् । गीतमा भूपेन्द्र खड्काको शब्द र कमल खत्रीको संगीत छ । म्युजिक भिडियोमा गायिका शाह र अभिनेता अनुपविव्रmम शाहीले अभिनय गरेका छन् ।

गीतको म्युजिक भिडियो नितिन चन्दको निर्देशनमा तयार भएको हो । युवापुस्तामा उत्पन्न हुने प्रेमभावलाई म्युजिक भिडियोको विषय बनाइएको निर्देशक नितिन चन्दले बताए ।

यस्ताे छ भिडियाे ः

विजेश्वर तण्डुकारको संगीत संयोजनमा तास स्टुडियोमा रेकर्ड भएको यो गीत रेकर्ड भएको हो । एकल गीत ल्याउने चलन स्थापित भएकाले आफुले पनि एकल गीति भिडियो ल्याएको उनले बताईन् । ‘सिमसिमे पानीमा…’ जस्तो कालजयी लोकगीतबाट स्थापित गायिका शाहले यो गीत भने पाश्चात्य शैलीमा तयार पारेकी छिन् ।