गायक रमणले अष्ट्रेलियाबाटै ल्याए नयाँ गीत


व्युटी न्युज नेपाल
काठमाडौं, ६ असार

केही वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका गायक रमण रेग्मीले आफ्नो नया“ आधुनिक गीत ‘मेरो मनको…’ को म्युजिक भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीतको म्युजिक भिडियो अष्ट्रेलियाकै आकर्षक लोकेशनमा छायांकन गरिएको छ । बुढासुब्बा डिजिटलको आधिकारिक यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक भएको हो ।

संख्यात्मक भन्दा गुणात्मक रुपमा नेपाली गीत–संगीत सिर्जना गर्न रुचाउने गायक रेग्मीको यो गीतमा हरि लम्सालको संगीत, र संगीत संयोजन छन् । आफ्नै शब्द तथा स्वरको यो  गीतमा गायक सुवेदी कर्णप्रिय सुनिएका छन् ।

जीवन रसाइलीद्वारा निर्देशित यो गीतको भिडियोमा उषा तथा ताहिर हुसैनको अभिनय छ । उषाको यो पहिलो भिडियो भने भने अन्तर्राष्ट्रिय मोडल ताहिरको पनि यो पहिलो नेपाली गीतको म्युजिक भिडियो हो । अष्ट्रेलियामै बसोबास गर्ने मोडल ताहिर मिस्टर वल्र्डवाइड २०१७ का विजेता हुन् ।