सात दर्जन भन्दा बढीलार्इ ओएसनेपाल सम्मान र म्यूजिक अवार्ड


व्युटी न्युज नेपाल

काठमाडैं, २५ असार

नेपाली गीत संगीतकै अहिलेसम्मकै सबै भन्दा धेरै व्यक्तिलार्इ अवार्ड प्रदान गरिएके छ । दोस्रो ओएसनेपाल म्यूजिक अवार्ड प्रदान गरिएको छ । काठमाडौंको राष्ट्रिय नाचघरमा आईतवार आयोजित विशेष कार्यक्रममा ७४ वटा विधामा अवार्ड वितरण गरिएको हो ।

यस्तै पत्रकारिताको माध्यमबाट नेपाली गीत संगीत तथा कला क्षेत्रको प्रवद्र्धन र संवद्र्धनमा सेवा पुर्रयाएके भन्दै  सात जना पत्रकारलाई ‘ओएसनेपाल पत्रकारिता सम्मान २०७५, एक जना श्रिंगारकर्मीलाई र दुई जना पत्रकारलाई ५ हजार रूपैयाँसहित सम्मान तथा प्रोत्साहन पुरस्कार दिइएको छ ।

पत्रकारिता सम्मान कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराई, नेपाल टेलिभिजनका दिनेश सिटौला, रेडियो काठमाण्डौका चन्द्रमणि गौतम, टिभी टुडेका रमेश बस्नेत, अनलाइन पत्रिका रातोपाटीका कुबेर गिरी, रेडियो नेपालका राम अविरल थापा र मिलाप मासिक पत्रिकाकी गीता अधिकारीलार्इ प्रदान गरियो ।

ओएसनेपाल पत्रकारिता सम्मान तथा पुरस्कार हिमालयन टाइम्स दैनिकका पत्रकार तथा आर्टिष्ट खबरका संचालक गोपी कृष्ण चापागाई र अनलाइन पत्रिका रमाईलो छ डटकमका सञ्चालक तथा पत्रकार उत्सव रसाइलीलाई प्रोत्साहनसहित सम्मान गरिएको हो ।

ओएस म्युजिक अवार्डमा सर्वोत्कृष्ट राष्ट्रिय रचना तर्फ बिष्णु पौडेलले अवार्ड हात परेका हुन् भने सर्वोत्कृष्ट राष्ट्रिय गीत अन्तर्गत सुरच प्रसाइले हात परेका छन् । त्यसैगरि सर्वोत्कृष्ट आधुनिक तर्फ रमेश राज भट्टराईले अवार्ड जितेका हुन् । यसैगरी सर्वोत्कृष्ट आधुनिक रचनामा प्रेम सागर पौडेल, सर्वोत्कृष्ट आधुनिक संगीतमा दीपक राज विश्वकर्मा छन् भने सर्वोत्कृष्ट आधुनिक रपप एरेन्जर तर्फ पुष्कर सुनुवारले अवार्ड जितेका हुन् ।

त्यसैगरि सर्वोत्कृष्ट आधुनिक भिडियो सम्पादनमा टेकेन्द्र शाह बिजेता भएका हुन् । सर्वोत्कृष्ट आधुनिक भिडियो निर्देशन तर्फ निकेश खड्काले अवार्ड हात पारे भने सर्वोत्कृष्ट आधुनिक भिडियो छायाँकार तर्फ ज्ञानेन्द्र शर्माले अवार्ड उचालेका हुन् ।

सर्वोत्कृष्ट आधुनिक मोडल महिला तर्फ जान्वी बोहोराले अवार्ड उचाल्न सफल भएकी छिन् भने सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष तर्फ देवेन्द्र छेत्री । छन् सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष जुरी तर्फ सनम कठायतले अवार्ड हात परेका हुन् ।

सर्वोत्कृष्ट आधुनिक गायिका नवप्रतिभा तर्फ श्रीजना गुरुङ, सर्वोत्कृष्ट आधुनिक गायक नवप्रतिभा तर्फ पुन्यम प्रधान छिन् भने सर्वोत्कृष्ट आधुनिक गायिका तर्फ जुना प्रसाइ बिजेता भएकी हुन् । सर्वोत्कृष्ट आधुनिक गायक तर्फ अजर जंगमले अवार्ड हात परे । सर्वोत्कृष्ट आधुनिक रचना नवप्रतिभा तर्फ अनिल पाण्डे, सर्वोत्कृष्ट आधुनिक नवप्रतिभा मोडल महिला तर्फ संचिता शाही, सर्वोत्कृष्ट आधुनिक नवप्रतिभा पुरुष मोडल तर्फ रबी सिंह, सर्वोत्कृष्ट पप तर्फ उदेश श्रेष्ठ छन् ।

सर्वोत्कृष्ट पप रचना तर्फ डिपि खनाल, सर्वोत्कृष्ट पप संगीत तर्फ अनिश श्रेष्ठ, सर्वोत्कृष्ट पप सम्पादन भिडियो तर्फ आर्यन खड्का, सर्वोत्कृष्ट पप भिडियो निर्देशन तर्फ प्रबिण श्रेष्ठले अवार्ड हात परेका हुन् ।

 सर्वोत्कृष्ट पप मोडल महिला नवप्रतिभा तर्फ बिनु शाक्य, सर्वोत्कृष्ट पप मोडल पुरुष नवप्रतिभा तर्फ चक्र बम, सर्वोत्कृष्ट पप गायक नवप्रतिभा तर्फ सुनिल कटुवाल, सर्वोत्कृष्ट पप गायक नवप्रतिभा तर्फ राकेश राई, सर्वोत्कृष्ट पप गायक नवप्रतिभा तर्फ प्रराज पौडेल, सर्वोत्कृष्ट पप गायिका नवप्रतिभा तर्फ मालती राई, सर्वोत्कृष्ट पप गायक तर्फ बिजय लामाले पाच मनोनयन्का प्रतिस्पर्धिलाई उछिनेर अवार्ड हात परेका हुन् ।

यसैगरी सर्वोत्कृष्ट पप भिडियो छायाँकार तर्फ राम कुमार केसी, सर्वोत्कृष्ट पप मोडल महिला तर्फ सुष्मा अधिकारि, सर्वोत्कृष्ट पप मोडल पुरुष तर्फ पृथ्वी राज प्रसाइले अवार्ड हात परेका हुन् ।

सर्वोत्कृष्ट पप गायक जुरी तर्फ रोशन श्रेष्ठ, सर्वोत्कृष्ट पप गायिका तर्फ अर्पना श्रेष्ठ, सर्वोत्कृष्ट एल्बम तर्फ सुरज कुमार थापालार्इ अवार्ड दिइयाे । सर्वोत्कृष्ट लोकदोहोरी तर्फ सम्झना भण्डार, सर्वोत्कृष्ट लोकदोहोरी जुरी९प्रोत्साहन९ तर्फ शिव कार्की, सर्वोत्कृष्ट लोकदोहोरी रचना तर्फ एक नारायण भण्डारी, सर्वोत्कृष्ट लोकदोहोरी भाका लय तर्फ किरण बाबु पुन, सर्वोत्कृष्ट लोकदोहोरी भाका लय नवप्रतिभा तर्फ कुमार कार्की, सर्वोत्कृष्ट लोकदोहोरी भिडियो निर्देशक नवप्रतिभा तर्फ अशोक बिक, सर्वोत्कृष्ट लोकदोहोरी एरेन्जर तर्फ कमल सौरागले अवार्ड उचालेका छन् ।

यसै क्रममा सर्वोत्कृष्ट लोकदोहोरी सम्पादन भिडियो तर्फ दीपक बिष्ट, सर्वोत्कृष्ट लोकदोहोरी भिडियो निर्देशन तर्फ स्मृति तिमल्सिना, सर्वोत्कृष्ट लोकदोहोरी भिडियो निर्देशन तर्फ काजिश श्रेष्ठ, सर्वोत्कृष्ट लोकदोहोरी भिडियो छायाँकार तर्फ राजेश घिमिरे, सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला तर्फ मन्जिता केसीले अवार्ड पाए ।

सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला डान्स तर्फ करिष्मा ढकाल, सर्वोत्कृष्ट लोकदोहोरी मोडल डान्स महिला जुरी तर्फ रिना थापा मगर, सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष तर्फ आशिर प्रताप जंग, सर्वोत्कृष्ट लोकदोहोरी मोडल जुरी तर्फ महेन्द्र गौतम, सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष डान्स तर्फ राम्जी खाड , सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला नवप्रतिभा तर्फ सन्ध्या सानु परेकी छिन् भने सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष नवप्रतिभा तर्फ निर्मल क्षेत्री अवार्ड पाए ।

सर्वोत्कृष्ट लोकदोहोरी गायिका नवप्रतिभा तर्फ सिता श्रेष्ठ, सर्वोत्कृष्ट लोकदोहोरी गायिका तर्फ पूर्णकला बिसी, सर्वोत्कृष्ट लोकदोहोरी गायक तर्फ पुष्कल शर्मा, सर्वोत्कृष्ट लोकदोहोरी गायक नवप्रतिभा तर्फ राम कुमार कार्की, सर्वोत्कृष्ट लोकदोहोरी रचना नवप्रतिभा तर्फ केशव पौडेल , सर्वोत्कृष्ट लोक गीत तर्फ मौसम गुरुङ, सर्वोत्कृष्ट देउडा गायक तर्फ नरेन्द्र रावल, सर्वोत्कृष्ट देउडा गायिका तर्फ सोभा थापाले अवार्ड पाए ।

यस्तै, सर्वोत्कृष्ट तामाङ रचना तर्फ विश्व दोङ, सर्वोत्कृष्ट तामाङ गायक तर्फ रन्जित लामा, सर्वोत्कृष्ट तामाङ गायक जुरी तर्फ जगत तामाङले अवार्ड पाएका हुन् । यसै गरी सर्वोत्कृष्ट भोजपुरी तर्फ सन्तोष राज, सर्वोत्कृष्ट सेलो गायक तर्फ सुक्र लामा दोङ, सर्वोत्कृष्ट सेलो र तामाङ मोडल महिला तर्फ सुमी मोक्तन, सर्वोत्कृष्ट सेलो मोडल र तामाङ पुरुष तर्फ किरण लकूल, सर्वोत्कृष्ट काठय़ा लोक मोडल महिला तर्फ रबिता मगर, सर्वोत्कृष्ट काठय़ा मोडल पुरुष तर्फ प्रदिप रोका, सर्वोत्कृष्ट काठय़ा मोडल पुरुष तर्फ सन्जीभ ठकुरी , सर्वोत्कृष्ट काठय़ा लोक गायक तर्फ घमेश दुलालले अवार्ड पाए ।

सर्वोत्कृष्ट काठय़ा लोक गायिका तर्फ अमृता लुंगेली, सर्वोत्कृष्ट काठय़ा लोक गायिका नवप्रतिभा तर्फ राधादेबी महतारा, सर्वोत्कृष्ट काठय़ा लोक गायक नवप्रतिभा तर्फ रुपक परियर, सर्वोत्कृष्ट लोक पप तर्फ बिरेन्द्र श्रेष्ठ , सर्वोत्कृष्ट लोक पप तर्फ रबी रिमाल, सर्वोत्कृष्ट प्लेब्याक तर्फ कुँवर र उदित नारायण झा, सर्वोत्कृष्ट नेपा भाषा भिडियो निर्देशन तर्फ अमृत मान महर्जन, सर्वोत्कृष्ट नेपा भाषा गायिका तर्फ रोजी डङ्गोल श्रेष्ठ, सर्वोत्कृष्ट नेपा भाषा गायक तर्फ ज्याक महर्जनले ओएस म्युजिक अवार्ड २०७५को अवार्ड हात परेका हुन् ।

अवर्ड समारोहपछि यो अवार्ड लोकप्रिय र सक्षमले भन्दा पनि त्यति चर्चामा नरहेका गीत तथा नयाँ कलाकारले बढी पाएको टिप्पणी धेरै सुन्न पाइयो । जसका कारण कार्यक्रम स्थलमै दर्शक दीर्घाबाट अवार्डको व्यापक टिप्पणी सुन्नु पर्यो ।