१२ असोजमा आउँदै कथा काठमाडौं, आयो फस्ट लुक्स


व्युटी न्युज नेपाल
काठमाडौं, २३ असार

कान्तिपुर टिभीमा ‘कथा प्रेमका’ निर्देशन गर्दै आफुलाई भिजेसँगै निर्देशकको रुपमा चिनाएकी संगीता श्रेष्ठले नयाँ चलचित्र कथा काठमाडौं निर्देशन गरेकी छिन् । संगीताले यो चलचित्रको रिलिज मिति तोक्दै आगामी १२ असोजबाट दर्शकमाझ ल्याउने भएकी छिन् ।

यसै क्रममो उनले फिल्मको फस्र्ट लुक्स अन्तर्गत पोष्टर सार्वजनिक गरेकी छिन । पोष्टरलाई ज्योतिमान डंगोलले तयार गरेका हुन् । सार्वजनिक पोष्टरमा फिल्मको पात्रको लुक्स र काठमाडौमा भोगिने केहि घटनाक्रमको प्रतिविम्ब चित्रण गरिएको छ ।

काठमाडौका भिन्न भिन्न पात्रको कथालाई यसमा चित्रण गरिएको संगीताले बताईन् । यसफिल्मको पोष्टरमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीलाई समेटिएको छ । फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन ।

आहाना फिल्मको ब्यानरमा निर्माण भएको यो चलचित्रमा विजय राइको लगानी छ । कथा काठमाडौंमा लुःजः सिंहको छायाँकन रहेकाे छ । यसमा मित्र गुरुङको सम्पादन र संगीता स्वयमको पटकथा छ ।